भूकम्पमा परी घाइते भएकाहरूको उपचारका लागि बाँकेका अस्पताल तयारी अवस्थामा

बाँके । जाजरकोटमा गएराति गएको भूकम्पमा परी घाइते भएकोको उपचारका लागि बाँकेमा रहेका अस्पताललाई तयारी अवस्थामा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार गम्भीर घाइतेको उपचारका लागि प्रशासनले बिहान ३ः२१ बजे बाटै तयारी थालेको छ ।
यस्तै भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि डेडिकेटेड अस्पताल बनाइएको प्रशासनले जनाएको छ ।
प्रशासनले व्यक्तिगत पहलमा उपचारका लागि आउने घाइतेहरूको आफन्तजनको सहजताको लागि पनि नरेश श्रेष्ठलाई फोकल पर्सन तोकेको छ ।
यस्तै कोहलपुर मेडिकल कलेजलाई तयारी अवस्थामा राखिएको छ,अन्य निजि अस्पतालहरुलाई पनि तयारी रहन भनिएको छ ।
प्रशासनका अनुसार भेरी अस्पताल , सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ। पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ , र लजिस्टिक किको प्रबन्ध मिलाइएको छ ।
हेलिकप्टरबाट आउने बिरामीको लागि रांझा विमानस्थल र आर्मीको हेलिप्याडमा २–२ वटा एम्बुलेन्स तैनाथ गरिएको प्रशासनले जनाएको छ । साथै ब्लडको मौज्दात रहेको र अपुग भएमा प्रेस ब्लड आपूर्तिको लागि रक्त दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको जनाएको छ ।
















प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
प्रतिनिधिसभा निर्वाचनः मनोनयनमा उत्साह
सुदूरपश्चिममा १६ निर्वाचन क्षेत्रका लागि २१० जनाको उम्मेदवारी
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
नेपाललले थाइल्याण्डलाई दियाे १२३ रनको लक्ष्य
पहिलोपटक घण्टीघर पुगेका बालेनले के-के गरे ?
राजीनामा बुझाएलगतै ‘घण्टी घर’ पुगे बालेन
सर्वोच्चले उल्ट्यायो काठमाडौँका खोला किनारको थप २० मिटर मापदण्ड
प्रतिक्रिया