थप जनशक्ति यथाशिघ्र उपलब्ध गराउनेछौँ : चिकित्सक सङ्घ

काठमाडौँ । नेपाल चिकित्सक सङ्घले प्रकोपको समयमा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउन सङ्घ तयार रहेको बताएको छ ।
सङ्घले कर्णाली प्रदेशको जाजरकोट र रुकुम पश्चिममा गए राति गएको भूकम्पबाट भएको मानवीय क्षतिप्रति समवेदना प्रकट गर्दै विपत्मा परेका नागरिकको तत्काल उद्धार गरी घाइतेको उपचारमा संलग्न हुनका लागि दाङ, सुर्खेत र जुम्ला शाखाका चिकित्सकलाई भूकम्पबाट प्रभावित जिल्लामा खटाइ सकिएको पनि जानकारी दिएको छ ।
“भूकम्पको केन्द्रबिन्दु रहेको जाजरकोट बारेकोट गाउँपालिका र अन्य विकट क्षेत्रमा भएको जनधनको क्षतिले नेपाल चिकित्सक सङ्घ स्तब्ध भएको छ”, सङ्घको विज्ञप्तिमा भनिएको छ, “राज्यलाई आवश्यक परेको अवस्थामा थप चिकित्सकीय जनशक्ति यथाशीघ्र उपलब्ध गराउने गरी तयारी अवस्थामा रहन नेपाल चिकित्सक सङ्घ भेरी शाखा, दाङ शाखा, जुम्ला शाखा र सुर्खेत शाखासँग नियमित सम्पर्क भइरहेको र सोहीअनुरुपको व्यवस्था गर्न शाखा कार्यालयलाई परिचालित गरिएको छ ।”
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया