भूकम्पपीडितको शीघ्र उद्धार, उपचार र एकद्वार प्रणालीबाट राहतका लागि राष्ट्रिय सरोकार समितिको निर्देशन

काठमाडौं । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले जाजरकोटमा शुक्रवार राति गएको विनाशकारी भूकम्पबाट प्रभावितहरूको शीघ्र उद्धार, उपचार तथा एकद्वार प्रणालीबाट राहत वितरणका लागि सरकारलाई निर्देशन दिएको छ ।
आइतवार सिंहदरबारमा बसेको समिति बैठकले भूकम्पले पुर्याएको धनजनको क्षतिप्रति दुस्ख व्यक्त गर्दै उद्धार तथा राहतमा प्रभावकारी ढंगले काम गर्न सरकारलाई निर्देशन दिएको हो ।
‘भूकम्पबाट प्रभावित व्यक्तिहरूको शीघ्र उद्धार, घाइतेहरूको शीघ्र उपचार, पीडितहरूलाई एकद्वार प्रणालीमार्फत उचित राहत, पुनस्स्थापना र क्षति भएका संरचनाहरूको उपयुक्त मोडालिटी तय गरी शीघ्र पुनस्निर्माणको व्यवस्थापनमा तत्काल जुट्न यो समिति नेपाल सरकारलाई निर्देशन गर्दछ,’ निर्णयको दोस्रो बुँदामा भनिएको छ ।
समिति सभापति दिलकुमारी रावल थापा पार्वतीको अध्यक्षतामा बसेको बैठकले काठमाडौंको डाँछीमा सञ्चालनमा रहेको लागत प्रभावी अर्ग्यानिक कृषि प्रविधिको स्थलगत अवलोकन गर्ने निर्णय पनि गरेको छ ।
यससँगै समितिको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया