आइतबार, वैशाख ६, २०८३

भारतले दियो १६ करोड बराबरको राहत सामग्री

मेरोन्यूज २०८० कार्तिक १९ गते १९:३५

काठमाडौं । भारतले कर्णाली प्रदेशका भूकम्प प्रभावितहरूका लागि १६ करोड नेपाली रूपैयाँ बराबरको आपतकालीन राहत सामग्री उपलब्ध गराएको छ।आइतबार भारतीय वायुसेनाको विशेष विमानबाट ११ टनभन्दा बढी राहत सामग्री नेपालगञ्ज आइपुगेको हो।

Advertisement
nepal life insurencenepal life insurenceNiccNicc

ती सामग्री भारत सरकारको तर्फबाट नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मालाई हस्तान्तरण गरे।

आपतकालीन राहत सामग्रीमा भूकम्प प्रभावित मानिसहरूका लागि त्रिपाल, टारपोलिन सिट, कम्बल र स्लिपिङ्ग ब्याग, पोर्टेबल भेन्टिलेटर जस्ता चिकित्सा उपकरण र अत्यावश्यक औषधी रहेका छन्।

यी सामग्री भुकम्प पीडितलाई वितरण गर्ने सरकारले जनाएको छ ।

प्रतिक्रिया