भारतसँग दक्षिण अफ्रिका २४३ रनले पराजित

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई २४३ रनको फराकिलो अन्तरले हराएको छ ।
कोलकाताको इडेन गार्डेनमा भएको खेलमा भारतले सजिलै विजयी रहेको हो । दुवै टिम यसअघि नै सेमिफाइनल पुगिसकेका छन् ।
विराट कोहलीको कीर्तिमान शतक तथा रवीन्द्र जडेजाको पाँच विकेट प्रदर्शनको मद्दतले भारतले दक्षिण अफ्रिकालाई आइतबार २ सय ४३ रनले पराजित गरेको हो । जितपछि भारतको १६ अंक भएको छ ।
दक्षिण अफ्रिका भने प्रतियोगिताको दोस्रो हारपछि १२ अंकमा सीमित रह्यो । जितका लागि ३ सय २७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले २१.५ ओभरमा सबै विकेट गुमाएर ८३ रनमात्र बनाउन सक्यो ।
उसलाई सस्तोमा समेट्न जडेजाले नौ ओभरमा ३३ रन दिएर पाँच विकेट लिए । मोहम्मद सामी र कुलदीप यादवले दुई, दुई विकेट हात पारे ।
दक्षिण अफ्रिकी ब्याटरमध्ये मार्को यान्सनले १४ र रस्सी भान डेर डुसेनले १३ रन बनाए ।
त्यस अगाडि टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले पाँच विकेट गुमाएर ३ सय २६ रन बनाएको थियो ।
कोहलीले १० चौकाको मद्दतले १ सय १ रन बनाए । भारतका लागि श्रेयस अयरले ७७ रनको योगदान दिए ।
















कर्णालीका जनप्रतिनिधिसँग अन्तरसरकार सम्बन्धबारे छलफल
दूरसञ्चार प्राधिकरणको अध्यक्षका लागि आवेदन खुला
संदिग्ध लागूऔषध डुङ्गामा अमेरिकी सेनाको आक्रमण, दुई जनाको मृत्यु
विजयोत्सवको ८१औँ वार्षिकोत्सव मनाइयो
Training on parliamentary practices for RSP lawmakers begins
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया