भूकम्प अपडेट
अस्पतालमा अब ९५ जना मात्रै छन् घाइते
२४३ जना डिश्चार्ज, ८ जना गम्भीर, ३३ जना मध्यम र ५४ जना समान्य अवस्थामा अस्पतालमा उपचाररत छन्

काठमाडौं । पश्चिम नेपालको जाजरकोट रामीडाँडा केन्द्रविन्दु बनाएर शुक्रवार मध्यरातमा गएको भूकम्पमा परी कर्णालीका दुई जिल्लामा ठूलो मानविय र भौतिक क्षति पुगेको छ ।
जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाको मृत्यु हुँदा ३३८ जना घाइते भएका थिए । त्यसमध्ये पनि पछिल्लो अपडेट अनुसार २४३ जना अहिले उपचार पछि डिश्चार्ज भएका छन् ।
घाइतेहरुको भेरी अस्पताल नेपालगञ्ज, मेडिकल कलेज नेपालगञ्ज, प्रदेश अस्पताल सुर्खेत, सम्वन्धित जिल्ला अस्पतालहरु, काठमाडौंको टिचिङ अस्पताल, ट्र«ा सेन्टर खजुरा सुर्खेत लगायतका स्थानमा उपचार भएको थियो ।
भ्ूकम्पमा परी प्राथमिक उपचार गर्नेहरुको संख्या झण्डै हजार हाराहारीमा भएपनि अस्पतालमै ल्याएर उपचार गराएकाहरुको संख्या भने ३३८ जना रहेको गृह मन्त्रालयले जारी गरेको पछिल्लो भूकम्प सम्वन्धी अपडेटमा उल्लेख छ ।
ज्समध्ये पनि २४३ जना अस्पतालबाट डिश्चार्ज भईसकेको गृहले जनाएको छ । अब भूकम्पका घाइतेहरु मात्र ९५ जना विभिन्न अस्पतालमा रहेको गृह मन्त्रालयले जनाएको छ । जसमध्ये ८ जना घाइते गम्भीर छन् । ३३ जना मध्यम खालको र ५४ जना समान्य अवस्थामा रहेको गृहले जनाएको छ ।
उद्धारका कार्य सकिएकोले अब घाइतेको संख्या र मर्नेहरुको संख्या नबढने बताइएको छ ।
हेर्नुहोस भूकम्पबारेको पछिल्लो विस्तृत अपडेट
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया