भारत सरकारबाट प्राप्त राहत सामग्री भूकम्प प्रभावित क्षेत्रतर्फ पठाइयो

जानकी (बाँके) । भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सुरक्षाकर्मीसहितको टोली नेपालगञ्ज विमानस्थलबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमतर्फ पठाइएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार सशस्त्र प्रहरी बल नेपाल नं ३० गण बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक विनोदसिंह सिख र नेपाल प्रहरीका सहायक हवल्दारको कमाण्डमा राहत सामग्री आज बिहान साढे ९ बजे प्रभावित क्षेत्रतर्फ पठाइएको हो ।
“भूकम्पपीडितका लागि भारत सरकारबाट प्राप्त दुई ट्रक राहत सामग्री र सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली त्यसतर्फ पठाएका छौँ”, उनले भने, “एक ट्रक जाजरकोटका लागि र एक ट्रक रुकुम पश्चिमका प्रभावित क्षेत्रमा पठाइएको हो ।”
प्रजिअ पोखरेलका अनुसार उक्त राहत सामग्री प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरिनेछ । भारत सरकारबाट प्राप्त उक्त राहत सामग्री नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्ज विमानस्थलमा आइतबार नेपाल सरकारका उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई हस्तान्तरण गरेका थिए ।
राहत सामग्रीमा प्लास्टिक तार्पोलिन र त्रिपाल छ सय २५ थान, स्लिपिङ ब्याग एक हजार थान, ब्ल्याङ्केट एक हजार थान, त्यसैगरी ठूलो खालको टेन्ट ७० थान, टेन्टको एसेसरिज ३५ प्याकेट, औषधि तथा अन्य प्रकारका सामग्री ४८ वटालगायत छन् ।










यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
निर्वाचनको तयारीबारे भोलि प्रधानमन्त्रीसहितको सर्वपक्षीय छलफल
गहना चोरी गरी बिक्री गर्ने दुई जना पक्राउ
टी-२० विश्वकपका लागि २४ सदस्यीय प्रारम्भिक टोली घोषणा
मुक्तिनाथ कृषि कम्पनीको विक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया