व्यवहारिक सीपका लागि विद्यालयमा फूल खेती

मलेखु । अघिल्लो वर्षसम्म वनमारा र कुरोले ढाकिएको चौरमा अहिले ढकमक्क सयपत्री र मखमली फुलेको छ ।
विद्यालय भवन वरपरका खाली जमिन अहिले फूलैफूलले ढाकिएको छ । शिक्षक र विद्यार्थी पनि फूलको हेरचाहमा तल्लिन छन् । यहाँका शिक्षक तथा विद्यार्थीहरु भन्छन् “फूल खेती हाम्रो आम्दानीको श्रोत मात्रै होइन, व्यवहारिक र सैदान्तिक ज्ञान प्राप्तिको अवसर पनि हो ।”
धादिङको ज्वालामुखी गाउँपालिका–५ मा रहेको बालादेवी माध्यामिक विद्यालयका शिक्षक र विद्यार्थीले पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालय परिसरमा रहेको खाली जग्गामा फूल खेती गरेका हुन् । कक्षाकोठाको पढाई सँगसँगै फूलखेतीमा रमाइरहेकी विद्यार्थी अस्मिता कुमाल भनछिन् । “फूल खेतीबाट हामीले व्यवहारिक ज्ञान पनि सिकेका छौँ ।”
गत वर्षदेखि स्थानीय तहको सहयोगमा सुरु गरिएको पढ्दै कमाउदै कार्यक्रमअन्तर्गत विद्यालयमा यो वर्ष तिहारलाई लक्ष्य गरेर फूल खेती गरिएको हो । दसैँ–तिहारको बीचमा प्राय सामुदायिक विद्यालय बन्द भएपनि यो विद्यालयको पढाई निरन्तर चलिरहेको छ । विद्यालय बन्द गर्दा फूलको हेरचाहमा कमी हुने र विद्यार्थीको पढाइमा पनि असर पर्ने भएकोले निरन्तर कक्षा संचालन गरिरहेको विद्यालयका प्राधानाध्यापक शिवलाल श्रेष्ठ बताए ।
पन्ध्र हजार सयपत्री र पाँच हजारभन्दा धेरै मखमलीका बिरुवा रोपिएका छन् । यसले विद्यालयलाई आम्दानी बढाउनाका साथै कक्षाकोठामा किताबी ज्ञान मात्र लिने विद्यार्थीलाई व्यवहारिक शिक्षा पनि दिलाएको छ ।
“विद्यालय सुधार योजना बनाउँदा नै फूल खेती र तरकारी खेती गर्ने कुरा समावेश गरेका थियौँ । त्यसैअनुसार वडा कार्यालयले रु दुई लाख बजेट पनि छुट्याइदिएको छ”, उहाँ भन्नुहुन्छ, “त्यसले अझ हौसला बढायो । फूल खेतीले यो वर्ष रु तीन लाखभन्दा बढी आम्दानी लिने लक्ष्य लिएका छौँ ।”
फूल खेतीले स्थानीय पाठ्यक्रमलाई पनि सहयोग पु¥याएको छ । विद्यालय परिसरमा ढकमक्क फुलेको फूलले आकर्षण त थपेको छ नै यसबाट हुने आम्दानीले विद्यालयमा हुने अतिरिक्त शैक्षिक गतिविधिमा पनि सहयोग पुगेको छ ।
आठदेखि दश कक्षासम्म अध्यन गर्ने विद्यार्थीहरुलाई दैनिक केही समय उपार्जनको काममा सहभागी गराउदै आइएको छ । यसले विद्यार्थीलाई सैद्धान्तिकसँगै व्यवहारिक शिक्षा दिलाएर आफ्नो घर र पनि काम गर्न र अरुलाई सिकाउन सकोस् भन्ने उद्देश्यले पनि विद्यार्थीहरुकै सहभागितामा फूल खेती गरिएको प्रधानाध्यापक श्रेष्ठको भनाइ छ ।
पढ्दै कमाउँदै कार्यक्रमबाट विद्यालय र विद्यार्थीलाई सिर्जनशील बन्न त मद्दत गरेको छ नै जताततै बाँझो हुँदै गएको जमिनलाई अम्दानीसँग जोड्न र युवालाई स्वदेशमै आयआर्जनमा लाग्न प्रेरितसमेत गरेको छ ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया