राष्ट्रपति पौडेलको २२ कात्तिकबाट तय भएको युरोप भ्रमण स्थगित

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कात्तिक २२ गतेबाट तय भएको युरोप भ्रमण स्थगित गरेका छन् ।
राष्ट्रपतिका परराष्ट्र मामिला सल्लाहकार डा.सुरेश चालिसेले भूकम्पपछि मुलुकको वर्तमान परिस्थिति अनुकुल नरहेकाले स्थगित गरिएको जानकारी दिए ।
२२ कात्तिकमा फ्रान्स जान लागेका राष्ट्रपति पौडेल त्यहाँबाट जर्मनी र इटाली भ्रमणमा जाने तय थियो ।
राष्ट्रपति पौडेल कात्तिक २२ गते १० दिने युरोप भ्रमणमा जाने कार्यतालिका बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको थियो ।
फ्रान्सको राजधानी पेरिसमा हुने ‘पेस पिस फोरम’मा भाग लिन जान लागेका उनले जर्मनी र इटालीको पनि भ्रमण गर्ने तालिका तय भएको थियो । युरोपका तीन देश घुमेर मंसिर १ गते मात्र स्वदेश फर्किने कार्यक्रम तय भएको थियो ।
शुक्रबार जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएपछि राष्ट्रपति पौडेलले आफ्नो भ्रमण स्थगित गरेका हुन् ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया