अत्यावश्यक बस्तुको व्यवस्था मिलाउन सरकारलाई समितिको निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको आज (२० गते) बसेको बैठकले भूकम्प प्रभावित क्षेत्रमा अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन गरेको छ ।
शुक्रबार राती ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटमा केन्द्रविन्दू भई गएको भूकम्पका कारण ज्यान गुमाउने नागरिकहरुप्रति समितिले हार्दिक श्रद्धान्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना र घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको हो ।
समितिले घटना लगतै नेपाल सरकार, प्रदेश सरकार र स्थानीय पालिकाहरुबाट भएका खोज, उद्दार र उपचार कार्यमा भएगरेका तदारुकताका लागि र उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानिय स्वास्थ्यकर्मी जनप्रतिनिधि र स्वयमसेवकहरुले खेलेको भुमिका प्रति हार्दिक आभार व्यक्त गरेको छ ।
साथै भूकम्प प्रभावित क्षेत्रका लागि सरकारी, गैर सरकारी संघ संस्था, स्वदेश, विदेश र व्यक्तिगत रुपमा संकलन हुने राहत सामग्रीहरु प्रभावकारी रुपमा एकद्धार प्रणालीबाट वितरण गर्न र भूकम्पबाट पिडितहरुका लागि तत्काल अस्थायी बसोबास, शुद्ध पिउने पानी, स्वच्छकर खानेकुरा, औषधी लगायतका दैनिक प्रयोग हुने अत्यावश्यक बस्तुहरुको सहज व्यवस्था मिलाउन नेपाल सरकारलाई निर्देशन दिएको छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
प्रतिक्रिया