ठूलो परिमाणमा अवैध लागूऔषधसहित छ जना पक्राउ

काठमाडौं । ठूलो परिणामको लागु औषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका- ४ बस्ने ३२ वर्षीया सपना रायमाझी, ओखलढुङ्गा खिजीदेम्बा गाउँपालिका- ३ बस्ने ३८ वर्षीय गंगालाल बिक, काठमाडौं गोकर्णेश्वर नगरपालिका- ४ बस्ने ५० वर्षीय दिपक श्रेष्ठ, सोही ठाउँ बस्ने ३० वर्षीय दिपेश डंगोल महर्जन, सिरहा धनगढीमाई नगरपालिका- १४ बस्ने ३७ वर्षीय झरेन्द्र बहादुर ज्यु ठकुरी र धादिङ त्रिपुरासुन्दरी गाउँपालिका- २ बस्ने २७ वर्षीय सन्दिप ईटानी रहेका छन् ।
उनीहरूमध्ये सपना रायमाझी र गंगालाल बिकलाई अवैध लागूऔषध खैरो हेरोईन ८१ ग्राम ५ सय मिलिग्रामसहित काठमाडौं गोकर्णेश्वर नगरपालिका- ६ नयाँ बस्तीबाट कात्तिक १५ गते, दिपक श्रेष्ठ र दिपेश डंगोल महर्जनलाई लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्राम, ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल र नाइट्रोभेट १ सय १२ ट्याब्लेटसहित काठमाडौं चावहिलबाट कात्तिक १६ गते तथा झरेन्द्र बहादुर ज्यु ठकुरी र सन्दिप ईटानीलाई लागूऔषध खैरो हेरोइन १ सय ६० ग्राम ६ सय मिलिग्रामसहित काठमाडौं तार्केश्वर नगरपालिका- ४ बाट कात्तिक १७ गते प्रहरीले पक्राउ गरेको हो ।
उनीहरू उपर लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्बन्धित जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।
















अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
राष्ट्रियसभाबाट पर्यटन विधेयक पारित
काठमाडौँ–१० मा स्थानीय उम्मेदवारका स्थानीय ‘एजेन्डा’
गोदाममा छापा हान्दा तस्कर समुहको आक्रमण, ३ सशस्त्र घाइते
इटालीमाथि स्कटल्याण्ड ७३ रनले विजयी
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
रौतहटमा बालिका मृत्यु प्रकरण : कार चालकविरुद्ध ५ दिन म्याद थप
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
रास्वपा पूरानाे हाे, सबैभन्दा नयाँ नेपाली कम्युनिस्ट पार्टी हो : प्रचण्ड
प्रतिक्रिया