संविधानमाथि भइरहेको प्रहारविरुद्ध एकताबद्ध भएर अघि बढ्न प्रमुख दलहरू सहमत

काठमाडौं । संविधानमाथि भइरहेको प्रहारविरुद्ध एकजुट भएर अगाडि बढ्न प्रमुख दलहरू सहमत भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आयोजनामा मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको सर्वदलीय बैठकमा शान्ति प्रक्रियाका विविध विषयमा छलफल भएको बैठकमा सहभागी माओवादी उपाध्यक्ष पम्भा भुसालले जानकारी दिइन्।
प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी, शान्ति प्रक्रिया र संविधानका पक्षधरहरूसँग छलफल गरेको उनले बताइन् । ‘प्रधानमन्त्रीज्यूले शान्ति सम्झौताका पक्षधर, संविधानका पक्षधर र संघीय लोकतान्त्रिक गणतन्त्रणका पक्षधरसँग छलफल गर्नुभएको हो। यस विषयमा ब्यापक समीक्षा भएको छ,’ भुसालले भनिन्।
बैठकले पछिल्लो समय व्यवस्थामाथि नै प्रहार हुन खोजेको भन्दै त्यसविरुद्ध प्रमुख दलहरू एकजुट भएर अगाडि बढ्ने निष्कर्ष निकालेको बैठकपछि नेताहरूले बताएका छन् । ‘ पानीको फोकाजस्तै देखिएका प्रहारहरूको शीर्ष नेतृत्वले मिलेर प्रतिवाद गर्ने प्रतिवद्धता भएको छ। अहिले व्यवस्थामाथि नै प्रहार गर्नेखालका गतिविधि भइरहेका छन् । ती गतिविधिविरुद्ध एकजुट भएर अघि बढ्न सबै नेताहरू सहमत हुनुहुन्छ,’ उनले भनिन्।
एमालेले बैठकमा सरकारले जनतालाई डेलिभरी दिन नसकेको भन्दै सचेत गराएको थियो । एमाले सचेतक महेश बर्तौलाले प्रधानमन्त्री दाहालले १२ बुँदे समझदारी र विद्यमान विषयवस्तुमा छलफल गर्न आफूहरूलाई बोलाएको बताए। उनले बैठकमा सरकारले जनतालाई डेलिभरी दिन नसकेको, गृह प्रशासन मुकदर्शक बनेको, अर्थतन्त्र डामाडोल भएको भन्दै प्रधानमन्त्रीलाई सचेत गराएको बताए।
संक्रमणकालीन न्याय टुंग्याउन एमाले तयार भएको र त्यसको आवश्यक पहलकदमी प्रधानमन्त्रीले लिनुपर्ने बर्तौलाले बताए । ‘संक्रमणकाली न्याय टुंग्याउने विषयमा हामी सकारात्मक छौं। त्यसको पहलकदमी प्रधानमन्त्रीज्युले लिनुपर्ने बताएका छन्। त्यसबाहेक अर्थतन्त्र र सरकारका काम कारबाहीका विषयमा सचेत गराएका छौं,’ बर्तौलाले भने।
बैठकमा शान्ति सम्झौता गर्ने प्रमुख दलका शिर्ष नेताहरू नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, माधवकुमार नेपाल लगायतका नेताहरू सहभागी थिए ।
छलफलमा संघीय लोकतान्त्रिक गणतन्त्रप्रति एकताबद्ध घएर अघि बढ्ने प्रतिबद्धता नेताहरूले जनाएका थिए । । प्राप्त उपलब्धिलाई थप सबल बनाउन आफ्नो आफ्नो तहबाट भूमिका खेल्ने प्रतिबद्धता पनि नेताहरूले व्यक्त गरेका थिए ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया