जाजरकोट पुगेर राष्ट्रपतिले भने : सबै मिलेर विपद्को सामाना गरौं

जाजरकोट । राष्ट्रपति रामचन्द्र पौडेलले सबै मिलेर विपद्को सामना गर्न आग्रह गरेका छन्। मंगलबार बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोटको रामीडाँडा पुगेका राष्ट्रपति पौडेलले भने, ‘अहिलेको अवस्थामा कोही छैन भनेर नठान्नु होला। हाम्रो सरकार छ भन्ने सोच्नु होला ।’
उनले स्थानीय जनप्रतिनिधिहरुलाई भूकम्पको क्षति तथा अवस्थाबारे सही तथ्याङक राख्न र पीडितहरु नठगिउन भन्ने तर्फ सचेत हुन पनि सुझाव दिए। ‘दुई तीनवटा घर हुनेले राहात पाउने तर केही नहुनेले पाउँदै नपाउने अवस्था नआओस् । हामी सबै मिलेर विपद्को सामाना गरौं, लोकतन्त्र तपाईंहरूको साथमा छ,’ राष्ट्रपति पौडेलले भने ।
उनले स्थायी घर नबन्दासम्मका लागि जाडो र वर्षायाममा समस्या नहुने गरी बसोबासको अस्थायी प्रबन्ध तथा दिर्घकालिन रुपमा कुनै उपयुक्त ठाउँको पहिचान गरी स्थायी घर निर्माण गर्नुपर्नेमा अहिले नै सोचेर काम थाल्न आग्रह गरे।
बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले ४३ सय घरधुरीमध्ये २४० पूर्णरुपमा ध्वस्त भएको,१ हजार ८ सय ९१ उच्च जोखिममा रहेको र १ हजार परिवार विस्थापित भएको जानकारी गराएका थिए। सुरक्षित आवास र दैनिक जीवनयापन सहज बनाउनका लागि ठूलो चुनौती रहेको अध्यक्ष गिरीले बताएका थिए।
भूकम्प प्रभावितहरुको अवस्था बुझन् मंगलबार बिहान जाजरकोट सदरमुकाम खलङ्गा पुगेका राष्ट्रपति पौडेलले त्यहाँ जिल्ला अस्पतालमा उपचाररत घाइतेलाई भेटेका थिए। उनले भूकम्पले क्षतिग्रस्त घरहरुको पनि अवलोकन गरेका थिए।
राष्ट्रपति पौडेलसँगै उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का,उर्जामन्त्री शक्ति बस्नेत,जाजरकोटका प्रदेश सांसद,प्रधानसेनापति प्रभुराम शर्मा जाजरकोटा पुगेका छन् ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया