गगन थापा भन्छन् : व्यवस्थाको हीतका लागि शीर्ष नेताहरूले सक्रिय राजनीति त्याग्नुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मौजुदा दलका शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिनु नै यो व्यवस्थाको लागि हीत हुने बताएका छन् । अहिले रहेका सबै शीर्ष नेताहरूले सक्रिय राजनीति त्याग्नुपर्ने थापाको धारणा छ ।
मंगलबार मात्र तत्कालीन बाह्रबुँदे सम्झौता गर्ने दलहरूको बैठक बसेको थियो। बैठकमा वर्तमान व्यवस्थाको मजबुतिका लागि एकबद्ध भएर लड्ने समझदारी गरेका थिए। त्यही विषयलाई लक्षित गर्दै थापाले समाजिक संजाल फेसबुकमा लेखेका छन्, ‘तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’
थापाले गणतान्त्रिक व्यवस्था स्थापना गर्न शीर्ष नेताले निभाएको भूमिका महत्त्वपूर्ण रहेकाले इतिहासले सधैँ सम्झिने उल्लेख गरेका छन् । ‘मैले भन्दै आएको छु, फेरी भन्छु–तपाईं शीर्ष नेताहरूले यो व्यवस्थामा गर्न र दिन सक्ने सबै योगदान दिइसक्नुभयो। अब सक्रिय राजनीतिबाट विश्राम लिदिनु भयो भने, यो व्यवस्थालाई कसैले केही गर्नै सक्दैन।’
व्यवस्था बलियो बनाउन एक जुट भएर सबै शीर्ष नेताहरूले राजनीतिबाट विश्राम लिनुपर्ने थापाले उल्लेख गरेका छन् । ‘
यो व्यवस्थालाई बलियो बनाउन तपाईंहरू एकजुट भएर यही एउटा मात्रै काम गरिदिनुहोस् ।इतिहासले तपाईंहरूलाई अझै श्रद्धापूर्वक सम्झिने छ,सम्मान गर्नेछ। र, गणतन्त्र विरुद्ध जस्तो अराजक आवाजहरू उठिरहेका छन्, ती आवाजहरू आफैँ हराउँदै जानेछन्। आम जनतामा व्यवस्था प्रतिको विश्वास अझै मजबुत हुनेछ,’ थापाले लेखेका छन् ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
एमालेले गर्यो अध्यक्ष ओलीलाई भावी प्रधानमन्त्रीमा प्रस्ताव
प्रतिक्रिया