नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा

काठमाडौँ । नेप्से परिसूचक निरन्तर तेस्रो कारोबार दिन पनि बढेको छ । गत सोमबारदेखि उकालो लाग्न थालेको नेप्सेले बुधबार पनि सोही क्रमलाई निरन्तरता दियो ।
बुधबार नेप्से परिसूचक ५.१७ अंक बढेर १८६३.९४ विन्दुमा पुगेको छ। नेप्सेसँगै सेन्सेटिभ इण्डेक्स ०.२१, फ्लोट इण्डेक्स ०.२७ र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०१ अंक बढेको छ।
नेप्से बढे पनि बुधबार कारोबार रकम भने घटेको छ । मंगलबार करिब १ अर्बको शेयर कारोबार भएको बजारमा आज २८८ स्टकको ३० हजार ३६४ पटकको कारोबारमा ७८ करोड २७ लाख ४३ हजार रुपैयाँ बराबरको ३१ लाख ५७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज ग्लोबल आइएमई लघुवित्तको शेयरमूल्य सर्वाधिक ८.०७ प्रतिशत बढेको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ६.३८ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन सोनापुर मिनरल्स एण्ड आयल शीर्ष स्थानमा रहेको छ। कम्पनीको यस दिन ५ करोड ६१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन हिमालयन बैंकको ५ करोडभन्दा बढीको संस्थापक शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ८ उपसमूहको परिसूचक बढेको छ भने ४ उपसमूहको परिसूचक घटेको छ।


















कनकाईबाट ५६३ ग्राम खैरो हिरोइनसहित दुई पक्राउ
श्रमिक पठाउने संस्थाहरूले अनिवार्य सम्पर्क विवरण खुलाउनुपर्ने
नगर विकास समितिका पूर्वअध्यक्ष रसायली पक्राउ
संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले लिए शपथ
बैतडीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
अमेरिकी नाकाबन्दीका बावजुद इरानका जहाजहरू होर्मुज स्ट्रेट पार गर्दै
आजदेखि काठमाडौंमा रात्रिकालीन बससेवा सञ्चालन
अमेरिकी युद्धपोतले इरानी तेल ट्यांकरलाई रोके
नयाँ वर्षमा मस्त झुम्यो पोखरा
व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै
प्रतिक्रिया