शनिबार, माघ २४, २०८२

एमालेमा पार्टीको अर्को तहको निर्वाचनमा भाग लिएका ६ केन्द्रीय सदस्यको पद रिक्त

मेरोन्यूज २०८० कार्तिक २२ गते १९:१७

काठमाडौँ । नेकपा एमालेमा ६ केन्द्रीय सदस्य पद रिक्त भएको छ । एमामाले उपमहासचिव प्रदीप ज्ञवालीले गत प्रदेश अधिवेशनमा उम्मेदवार बनेका र निर्वाचित भएपछि उक्त पद रिक्त बन्न पुगेका जानकारी दिए ।

त्यसबारे बुधवारको केन्द्रीय सचिवालय बैठकमा जानकारी गराइएको हो । नेता ज्ञवालीले लुम्बिनी प्रदेश अध्यक्षमा पराजित हरि रिजाल, बागमतीमा प्रदेश अध्यक्ष बनेका कैलाश ढुंगेल र पराजित कृष्णप्रसाद दाहालको केन्द्रीय सदस्य रिक्त भएको छ ।

त्यसैगरी गण्डकीमा प्रदेश अध्यक्षमा उम्मेदवार भई पराजित भएका मायानाथ अधिकारी, कर्णालीमा प्रदेश अध्यक्ष बनेका गुलाबजंग शाह र कोशी प्रदेशमा अध्यक्षका प्रत्यासी बनेका विनोद ढकालको केन्द्रीय सदस्य पद रिक्त हुन पुगेको हो ।

प्रतिक्रिया