सोमबार, माघ २६, २०८२

युट्युबर मनोज मानव पक्राउ

मेरोन्यूज २०८० कार्तिक २३ गते ११:४७

काठमाडौं । युट्युबमार्फत विभिन्न मानिसहरुको ब्यक्तिगत चरित्र हत्या गर्ने काममा संग्लन्न भएको भन्दै प्रहरीले युट्युबर

मनोज मानव भनिने मनोजकुमार महतोलाई पक्राउ गरेको छ ।

‘स्टार अनलाइन टीभी’ नामक युट्युब च्यानल सञ्चालन गरेका उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बुधबार (हिजो) साँझ पक्राउ गरेको हो ।

ब्यूरोका एसपी पशुपतिकुमार रायका अनुसार, उनीमाथि थप अनुसन्धान भइरहेको छ । विभिन्न व्यक्तिको चरित्र हत्या गर्ने खालका सामग्री टिकटकमार्फत पोस्ट गरेको आरोपमा उनलाई पक्राउ गरेर अनुसन्धान जारी राखेको प्रहरीको भनाई छ ।

उनलाई कसको उजुरीका आधारमा पक्राउ गरिएको भन्नेबारे भने ब्युरोले खुलाएको छैन ।

मनोज विभिन्न व्यक्तिगत चरित्र हत्या हुने सामग्री बनाएर युट्युबमार्फत ‘भाइरल’ हुँदै आएका थिए । उनलाई आजै प्रहरीले अदालतमा पेश गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया