बुधबार, वैशाख ९, २०८३

भोलि होला सर्वोच्चमा रिक्त ७ न्यायाधीश नियुक्ति सिफारिस !

मेरोन्यूज २०८० कार्तिक २३ गते १८:००

काठमाडौँ । सर्वोच्च अदालतमा रिक्त रहेका ७ न्यायाधीश नियुक्त गर्न बिहीबार न्यायपरिषद्मा दिनभर छलफल भए पनि निर्षकर्ण निस्कन सकेन । तर, आजको छलफल सरकारात्मक भएको र भोलि (शुक्रबार) न्यायाधीश नियुक्ति सिफारिस हुने सदस्यहरूले बताएका छन् ।

Advertisement
NiccNicc

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र वरिष्ठतम न्यायाधीश ईश्वरप्रसाद खतिवडा बिहीबार दिनभर इजलासमा नबसी न्यायाधीश नियुक्ति सिफारिस गर्ने न्यायपरिषदको छलफलमा सहभागी भए पनि कुनै निष्कर्ष ननिस्किएको ती सदस्यले बताए

प्रधानन्यायाधीश श्रेष्ठ अध्यक्ष रहने न्यायपरिषद्मा सर्वोच्चका वरिष्ठतम न्यायाधीशसहित कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, तथा नियुक्त भएका रामप्रसाद भण्डारी र रामप्रसाद श्रेष्ठ सदस्य हुन्छन् ।

आज विस्तृतमा कुराकानी भएको र धेरै हदसम्म समझदारी बनिसकेकोले भोलिसम्म निर्णय हुन सक्ने एक सदस्यले जानकारी दिए ।

सर्वोच्च अदालतमा अहिले ७ न्यायाधीश पद खाली छन् । २१ दरबन्दी रहेको सर्वोच्चमा एक तिहाइ न्यायाधीश कम छन् । जसले मुद्दाको चाप रहेको सर्वोच्चमा न्याय सम्पादनको काम प्रभावित भइरहेको छ।

धेरै पटक न्यायाधीश नियुक्ति प्रयास भए पनि भागबण्डामा कुरा मिल्न नसक्दा सिफारिस हुन सकेको छैन । न्यायपरिषद्ले सिफारिस गरेपछि संसदीय सुनुवाइ पछि मात्रै सर्वोच्चमा न्यायाधीश नियुक्त हुने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया