उपप्रधानमन्त्री खड्का राहत लिएर जाजरकोट पुगे

काठमाडौँ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले आज पनि भूकम्पपीडितका लागि सहायता सामग्री लिएर जाजरकोट पुगेका छन् ।
भूकम्पपीडितले ओत लाग्नका लागि पाल पनि नपाएको गुनासो आइरहेका बेला उपप्रधानमन्त्री खड्काले पीडितका लागि आवश्यक पालहरू लिएर जाजरकोट पुगेका हुन् । नेपाली सेनाको हेलिकोप्टरमार्फत करिव एक हजार छ सय त्रिपाल जाजरकोटको कुशे गाउँपालिकाका भूकम्पपीडितलाई प्रदान गरिनेछ ।
उपप्रधानमन्त्री खड्का भूकम्प आएकै दिनदेखि प्रभावित क्षेत्रमै रही उद्धार र राहतमा केन्द्रित छन् । उनले भूकम्पपीडितको उद्धार, राहित र पुनःस्थापनामा केन्द्रित हुनुपर्ने भन्दै यही कात्तिक २७ गतेदेखि मंसिर १ गतेसम्मका लागि यसअघि तय भएको संयुक्त अरब इमिरेट्स (यूएई)को भ्रमण स्थगित गरिसकेका हुन् ।
उनी हाल भूकम्पप्रभावित क्षेत्रको अनुगमन, निरीक्षण तथा घाइतेको उद्धार, राहत वितरण र पुनःस्थापनाको काममा निरन्तर खटिइरहेका छन् ।








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया