शुक्रबार, माघ २३, २०८२

भूकम्पको संकटबारे राप्रपाले माग्यो सर्वदलीय बैठक

मेरोन्यूज २०८० कार्तिक २४ गते ९:५७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जाजरकोट भूकम्पको संकटबारे छलफल गर्न सर्वदलीय बैठकको माग गरेको छ । राप्रपाको बिहीबार बसेको कार्यसम्पादन समितिको बैठकले
जाजरकोट भूकम्पको संकटबारे सर्वदलीय बैठकको माग गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

बैठकले राहत वितरणमा आएका गुनासो सम्बोधन हुनुपर्ने, वास्तविक पीडितले राहत पाउनुपर्ने, राहत वितरणमा एकरुपता र निश्पक्षता कायम हुनुपर्ने माग पनि गरेको छ ।

यस्तै राप्रपाले आगामी केन्द्रीय कार्यसमितिको बैठक पुस १, २ र ३ गते काठमाडौँमा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया