काठमाडौंभित्र राति १ बजेसम्म देउसीभैलो खेल्न पाइने

काठमाडौं । काठमाडौं भित्र राती १ बजेसम्म देउसी भैलो खेल्न पाइने भएको छ । काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र शाहले विगतका वर्षमा राति ९ बजेसम्म मात्र देउसीभैलो खेल्ने अनुमति दिने गरिएकामा यस वर्ष आफूले राति १ बजेसम्म देउसीभैलो खेल्न पाउनेगरी सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका हुन्।
‘विगतको वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसीभैलो खेल्ने समय काठमाडौँ महानगरभित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो’, मेयर शाहले शुक्रबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो वर्ष काठमाडौँ महानगर नगरप्रहरीले ‘राती १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौँ र सोही समयसम्म मर्यादित भएर देउसीभैलो खेलीदिनु हार्दिक अनुरोध गर्दछौँ’, सोहीअनुरूप नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सुरक्षाको प्रबन्ध मिलाउन हार्दिक अनुरोध गर्दछौँ।’

















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
प्रतिक्रिया