जन्ममिति विवादमा तानिएका वरिष्ठ उपरथी पाण्डेको राजीनामा !
जंगी अड्डाले बनाएको थियो तीन सदस्यीय छानबिन समिति, बिहीबार साँझै पाण्डेले दिए राजीनामा

काठमाडौं । जन्ममिति फरक–फरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी रक्षा मन्त्रालय पुगेपछि छानबिनको घेरामा परेका नेपाली सेनाका वरिष्ठ उपरथी ताराध्वज पाण्डे अन्ततः राजीनामा दिएका छन् ।
उनले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेको बताइएको छ । यधपी न पाण्डे, न नेपाली सेनाको जंगी अडडाले यसबारेमा औपचारिक पुष्टि गरेका छन् । तर जंगी अडड स्रोतले भने उनले बिहीबार साँझ राजीनामा बुझाएर हिँडेका हुन् ।
थी बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । यो छानबिन समितिले गुपचुप रुपमा तीन दिन यता पाण्डेको उमेरको विषयमा उठेका प्रश्नहरुका बारेमा छानबिन गरिरहेको थियो ।
कानुनका उपरथीसहित बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वको तीन सदस्यीय छानबिन समितिले पाण्डेको जन्ममिति फरकफरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी लगायतका विषयमा अध्ययन गरिरहेको थियो ।
उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएपछि विवादमा तानिएका थिए ।
बलाध्यक्ष रथी सरोजप्रताप राणा कात्तिक दोस्रो साता अवकाशमा गएसँगै एक वर्षपछि नेपाली सेनामा नयाँ प्रधानसेनापति को बन्ने भन्ने टुंगो लागिसकेको छैन । सैनिक ऐनअनुसार नेपाली सेनामा वरिष्ठ उपरथीलाई रथीमा सिफारिस गरिन्छ ।
यस्तो बेला जंगी अडड्ले उनलाई बढुवा सूचीमा लान चाहेको थियो ।
तर उमेर विवादमा परेपछि उनीमाथी नैतिक संकट आईलागेको थियो । त्यसमाथी जंगी अडडाले नै छानबिन समिति बनाएपछि पाण्डेले राजीनामा बुझाएका हुन् ।
पाण्डेले जागिर खान र रथी बढुवा भएर भावी प्रधान सेनापति बन्ने लाइनमा बस्न एसएलसी परीक्षाफलको ढड्डामै केरमेट गरेको जस्ता आरोप पनि लागेको थियो ।
















निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
‘लत’ लाग्ने सामग्री परिवर्तन गर्न टिकटकलाई इयूको निर्देशन
भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया