मुगुमा श्रीदेवीको परिवारै सखाप पार्ने नातामा काका र देवर

काठमाडौँ । मुगुको छायानाथ रारा नगरपालिका ६ मुन्दुका २८ वर्षीया श्रीदेवी बोहरा, उनका ११ वर्षका छोरा मनोज बोहोरा, ७ वर्षकी छोरी अप्सरा बोहोरा र ८ महिनाका छोरा रहर बोहोराको घरभित्रै हत्या गर्ने नातामा काका र देवर रहेको खुलेको छ ।
कात्तिक ८ गते राति श्रीदेवीको परिवारको हत्या भएको थियो । हत्या भएको १२ दिनपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले घटनामा संलग्न भएको आरोपमा मुगु पिना गाउँपालिका ७ घर भई हाल बाँके कोहलपुरको चिसापानी बस्ने ३१ वर्षीय काले भन्ने गोर्खराज शाही ठकुरी र मुगुकै मृतककै गाउँका ३१ वर्षीय गोपाल बोहरालाई पक्राउ गरेको छ ।
हत्यापछि भागेका गोर्खराजलाई सीआईबी टोलीले कात्तिक २० गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका ५ पञ्चकोशीटोलबाट पक्राउ गरेको हो। उनी समातिएपछि हत्यामा गोपालको पनि संलग्नता खुलेको र त्यसको भोलिपल्ट कात्तिक २१ गते मुगुको गमगढी वडा नं २ बाट प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार हत्या आरोपित गोर्खराज श्रीदेवीका काका र गोपाल देवर नाता पर्छन्। श्रीदेवी गोर्खराजको दिदी–सासूकी छोरी हुन्। गोपाल गाउँकै देवर नाता पर्छन्।
पक्राउ परेका शाही र बोहोरालाई थप अनुसन्धानका लागि सीआईबीको टोलीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मुगुको जिम्मा लगाएको छ।
घटना अनुसन्धानका लागि सुरुमा जिल्ला प्रहरी कार्यालय मुगु र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट टोली खटिएको थियो। तर अनुसन्धान निचोडमा पुग्न नसकेपछि सीआईबीबाट डीएसपी धर्म भण्डारीको कमान्डमा टोली खटाइएको थियो।
















भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया