जन्ममिति सच्याएको भेटिएपछि विवादित उपरथी पाण्डेले दिएको राजीनामा स्वीकृत

काठमाडौं । नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।
सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले सैनिक मुख्यालयले शुक्रबार पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारे जानकारी रक्षा मन्त्रालयलाई पठाएको जानकारी दिए।
जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएका थिए।
उनको जन्ममिति २०२१ साल र २०२३ साल उल्लेख गरिएका दस्ताबेज बाहिर आएपछि विवादमा तानिएका थिए ।
बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको उमेरलाई लिएर प्रश्न उठेपछि प्रधानसेनापति प्रभुराम शर्माको निर्देशनमा सैनिक मुख्यालयभित्रै बलाधिकृत रथी सीताराम खड्काको नेतृत्वमा छानबिन समिति गठन भएको थियो । छानबिन समितिले गुपचुप रुपमा तीन दिनदेखि पाण्डेको उमेरको विषयमा उठेका प्रश्नबारे छानबिन गरिरहेको थियो ।
कानुनका उपरथीसहित बलाधिकृत रथी खड्काको नेतृत्वको तीन सदस्यीय छानबिन समितिले पाण्डेको जन्ममिति फरक फरक भएको नागरिकता र शैक्षिक प्रमाणपत्रसहितको फोटोकपी लगायतका विषयमा अध्ययन गर्दा फरक –फरक भेटाएको सैनिक स्रोतले बतायो ।
















भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया