वीरगञ्ज गोल्डकप : उपाधिका लागि आर्मी र पुलिस भिड्दै

पर्सा । पर्साको वीरगञ्जमा जारी प्रथम वीरगञ्ज गोल्डकप, २०८० को उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब भिड्ने भएका छन् । दुवै टोलीबीच आज दिउँसो २ बजे वीरगञ्जस्थित आदर्शनगर रङ्गशालामा फाइनल खेल हुँदैछ ।
सेमिफाइनलमा आर्मीले सङ्कटा क्लबलाई तथा पुलिसले आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबलाई हराउँदै फाइनल खेलको यात्रा तय गरेका हुन् ।
आयोजक वीरगञ्ज भेट्रान सिटी क्लबका अध्यक्ष सुबिन बस्नेतका अनुसार वीरगञ्ज महानगरपालिका मुख्य प्रायोजक रहेको प्रतियोगिताको विजेताले रु ११ लाख ११ हजार १११ तथा उपविजेताले रु पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छ ।
यस्तै विधागततर्फ उत्कृष्ट खेलाडीलाई जनही रु २० हजार तथा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, सङ्कटा क्लब, चर्च ब्वाइज युनाइटेड नवलपरासी, झापा एफसी, वीरगञ्ज भेट्रान सिटी क्लब तथा भारत कोलकाताको क्लाइभ हाउस डमडम र दिल्लीको एफसीआई नर्थजोन फुटबल टोली सहभागी छन् ।
















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
आज २०८२ साल माघ २४ गते शनिबारको राशिफल
टी–२० विश्वकप: उद्घाटन खेलमा पाकिस्तान र नेदरल्यान्ड्स भिड्दै
पश्चिमी वायुको आंशिक प्रभाव: कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
प्रतिक्रिया