काठमाडौंमा हल्का वर्षा
मेरोन्यूज
२०८० कार्तिक २५ गते १६:१३

काठमाडौं । काठमाडौंमा हल्का पानी परेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले अहिले काठमाडौं उपत्यकाका एकदुई स्थानमा हल्का वर्षा भइरहेको जानकारी दिएको छ।
उपत्यकासहित लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मौसम बदली भई हल्का वर्षा भएको मौसमविद् गोविन्द झाले जानकारी दिए ।
काठमाडौंमा ३० असोजपछि आज पानी परेको हो । असोज ३० मा काठमाडौँमा ८.२ मिलिमिटर वर्षा मापन भएको थियो ।
अहिले पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभावले मौसममा बदली भएको हो।
काठमाडौंका एक–दुई स्थानमा भइरहेको वर्षा केहीबेरमा रोकिने पनि महाशाखाले जनाएको छ । पानी परेपछि काठमाडौंमा चिसो महशुस गरिएको छ।
काठमाडौंको आजको न्यूनतम तापक्रम ९.९ डिग्री रहेको पनि मौसमविद् झाले जानकारी दिए।
काठमाडौंको मौसममा आज रातिदेखि नै सुधार हुने विभागले जनाएको छ ।
सम्बन्धित
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया