लुम्बिनीका १३ अस्पताल विकास समितिका अध्यक्षमा सत्तारुढ दलबीच भागबण्डा
कसको भागमा कुन अस्पताल ?

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले सत्ता गठबन्धन दलको भागबन्डामा प्रदेशका १३ वटा अस्पतालका विकास समिति अध्यक्ष नियुक्त गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले अस्पताल विकास समिति खारेज गरेको एक महिना नपुग्दै २ प्रादेशिक अस्पताल र ११ जिल्ला अस्पतालको विकास समिति अध्यक्ष नियुक्त गरको हो ।
१३ अस्पताल विकास समिति अध्यक्षमा नियुक्त गर्दा सत्तारुढ दलहरू नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र , लोसपा र एकीकृत समाजवादीबीच भागबण्डा गरिएको हो । भागबण्डामा सत्ताको नेतृत्व गरेको काँग्रेसलाई ६, माओवादीलाई ४, जसपा, लोसपा र एकीकृत समाजवादीलाई एक–एक अस्पतालको विकास समिति अध्यक्ष दिने सहमति बनेको थियो । त्यही अनुसार आफ्नो भागमा परेका अध्यक्ष दलहरूले सिफारिस गरेपछि प्रदेश स्वास्थ्य मन्त्रालयले नियुक्त गरेको छ ।
१३ अस्पताल विकास समितिको अध्यक्ष नियुक्त भएका प्रदेश स्वास्थ्य मन्त्रालयका शाखा अधिकृत अमरबहादुर वलीले जानकारी दिए ।
दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल विकास समितिको अध्यक्षमा बबई गाउँपालिका ४ का दीपक शाह र लुम्बिनी प्रादेशिक अस्पतालको अध्यक्षमा जीवन प्रसाद श्रेष्ठ नियुक्त भएका छन् ।
त्यस्तै प्युठान अस्पतालमा सुवास केसी, रोल्पा अस्पतालमा शेरबहादुर थापा, गुल्मी अस्पतालमा ढुण्डिराज पोख्रेल, रामपुर अस्पताल पाल्पामा श्यामकान्त खनाल, अर्घाखाँची अस्पतालमा लिलाधर बस्याल, कपिलवस्तु अस्पतालमा शिवलाल यादव, भीम अस्पताल भैरहवामा डा अनन्त कुमार शर्मा, पाल्पा अस्पतालमा चोपलाल गिरी, रुकुम पूर्व अस्पतालमा सुनिलकुमार रोका, पृथ्वीचन्द्र अस्पताल नवलपरासीमा दुलारी हरिजन नियुक्त भएका छन् ।
भागबण्डामा काँग्रेसले लुम्बिनी प्रदेश अस्पताल बुटवल, प्युठान, रोल्पा, गुल्मी, अर्घाखाँची, पाल्पाको रामपुर अस्पतालको अध्यक्ष पाएको छ । माओवादीले दाङको राप्ती प्रादेशिक, नवलपरासीको परासी, पाल्पा, रुकुम पूर्व र कपिलवस्तु अस्पतालको अध्यक्ष पाएको छ । भीम अस्पतालमा भैरहवा लोसपा, पाल्पाको तानसेन अस्पताल नेकपा एकीकृत समाजवादी पार्टीको भाग गरेको छ ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया