कञ्चनपुरको लालझाडीमा श्यामकुमारका श्रीमान-श्रीमती घरभित्रै मृत भेटिए
मेरोन्यूज
२०८० कार्तिक २६ गते १४:४८

काठमाडौँ । कञ्चनपुरको लालझाडी गाउँपालिका–१ का २६ वर्षीय श्यामकुमार राना र उनकी श्रीमती २५ वर्षीया पुष्पा राना घरमा झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाशबहादुर डाँगीले घरको धुरीमा झुण्डिएको अवस्थामा श्यामकुमार र उनकी श्रीमति पुष्पाको शव भेटिएको जानकारी दिए ।
मृतकको तीन वर्षीया बालक रोएपछि नजिकै बस्ने उनकी हजुरआमा घरमा पुगेर हेर्दा झुन्डिएको देखेपछि प्रहरीलाई खबर गरेकी उनले बताए ।
उनीहरुको मृत्युको कारण नखुलेको डाँगीले बताए । घटनाबारे अनुसन्धान भइरहेको र उनीहरुको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको डाँगीले बताए ।
सम्बन्धित








राष्ट्रपति पौडेलद्वारा किन्डर ओलम्पिक मस्कर्टको अनावरण
नेपाली कांग्रेस अर्घाखाँचीले प्रत्यक्षतर्फ आठ जनाको नाम सिफरिस
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया