आइतबार, वैशाख २७, २०८३

प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको नियमित जाँच

मेरोन्यूज २०८३ वैशाख २७ गते ११:३०

काठमाडौँ। काठमाडौँ महानगरपालिका, वातावरण व्यवस्थापन विभागले काठमाडौँ उपत्यकामा बढ्दो वायु प्रदूषण न्यूनीकरणका लागि सवारीसाधनको जाँचलाई तीव्रता दिएको छ ।

Advertisement
NiccNicc

विभागले उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको समन्वयमा यहाँ विभिन्न स्थानमा गुड्ने सवारीसाधनको नियमित प्रदूषण जाँच गर्दै आएको हो ।

उपत्यकामा वायुको गुणस्तर सुधार गर्ने उद्देश्यले सडकमा गुडिरहेका सवारीसाधनले तोकिएको मापदण्ड पालना गरे÷नगरेको यकीन गर्न यो अभियान सञ्चालन गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।

प्रदूषण जाँचका क्रममा सरकारले तोकेको मापदण्ड पूरा नगर्ने सवारीसाधनलाई प्रहरीले तत्कालै कानुनअनुसार कारबाहीको दायरामा ल्याउने गरेको छ । मापदण्ड विपरीतका सवारीसाधन चलाउँदा वायु प्रदूषण उल्लेख्य रूपमा बढ्ने भएकाले जरिवानासहित कारबाही प्रक्रिया अघि बढाएको हो ।

प्रतिक्रिया