दूषित खानेपानी र खानपानले भूकम्प पीडितहरुको स्वास्थ्यमा समस्या

काठमाडौँ । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितहरुमा दूषित खानेपानी र खानपानले स्वास्थ्यमा समस्या देखिन थालेको छ । उनीहरुमा झाडापखाला र श्वासप्रश्वासको समस्या बढी मात्रामा देखिएको स्वास्थ्य उपचारका लागि त्यहाँ पुगेका स्वास्थ्यकर्मीहरु बताउँछन् ।
भुकम्प प्रभावितहरुको स्वास्थ्य उपचार गर्न जाजरकोट पुगेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको टोलीले गर्भवती, सुत्केरी र पालमा बसेकाहरुको स्वास्थ्य अवस्था नाजुक बनिरहेको जनाएको छ ।
अहिले प्रतिष्ठानको टोलीले भुकम्प पीडितलाई औषधि उपचार गर्ने काम गरिरहेको छ । टोली प्रमुख डा. मनिराज क्षेत्रीले नलगाड क्षेत्रको प्रभावितहरुमा चिसो बढिरहेको र पालमा बसिरहेकाले स्वास्थ्य अवस्था बिग्रँदै जान थालेको जानकारी दिए ।
भुकम्प पीडितहरुलाई चिकित्सकहरुका फरक फरक टोलीले गाउॅ गाउँमा पुगेर उपचार गरिरहेका छन् । टोलीले बिग्रँदो स्वास्थ्य अवस्था सुधार्न आग्रह गरिरहेका छन् ।
अमेरिकन नेपाल मेडिकल फाउण्डेशनले प्रतिष्ठानको टोलीमार्फत सरसफाइ सामग्री उपलब्ध गराइरहेको छ । राहत, औषधि उपचार पुग्न नसकेको क्षेत्रमा प्रतिष्ठानको टोली पुगिरहेकोले भूकम्पले थलिएका बिरामीहरु र पीडितहरुको मनमा मलम लगाउन सकिएको टोलीका सदस्यहरु बताउँछन् ।
गर्भवतीहरु, सुत्केरी महिलाहरु र पालमा बसेका पीडितहरुमा मानसिक तनाव र झाडापखालाको समस्या रहेको टोलीका सदस्यहरु बताउँछन् ।
टोलीले प्रभावित गाउॅबस्तीमा पुगेर स्वास्थ्य जाँच, मनोसामाजिक परामर्श, स्वास्थ्य सामग्री वितरण लगायतको कार्य गरिरहेको प्राध्यापक डाक्टर क्षेत्रीले बताए । प्रतिष्ठानको जनस्वास्थ्यको टिमले जाजरकोटको नलगाड नगरपालिकाको वडा नम्बर १, २, ३ मा भूकम्पपछिको जनस्वास्थ्यको अवस्था अवलोकन गरेको जनाएको छ ।
कर्णाली प्रतिष्ठानका मनोसामाजिक परामर्शदाता नन्दराज आचार्यले भूकम्पले उत्पन्न विपदका कारण पीडितहरुमा स्वाभाविकरुपमा मनोबल घट्ने भएकोले यस्तो बेला उचित मनोपरामर्श आवश्यक रहेको बताए । उनले प्रभावित क्षेत्रमा पीडितको मनोभावनामा परेको प्रभावअनुसार आवश्यकताका आधारमा प्राथमिक मनोवैज्ञानिक परामर्श, सामूहिक परामर्श र व्यक्तिगत परामर्श गर्न थालिएको जानकारी दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र अमेरिकन नेपाल मेडिकल फाउण्डेशनको सहयोगमा टोलीले सेवा दिइरहेको छ । साथै टोलीले पीडितलाई घरमै पुगेर आधारभूत स्वास्थ्य सामग्रीः हाईजिन किट (साबुन, ब्रस, तुथपेस्ट, सेनिटरी प्याड, पानीमा हाल्ने प्यूस) समेत प्रभावितलाई वितरण गर्दै आएको छ ।
भूकम्पले प्रभावित जाजरकोट–रुकुम पश्चिमका पीडितलाई उद्धार तथा उपचार सेवा दिन यसअघि पनि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पातलको टिम प्रभावित क्षेत्रमा काम गरेर फर्किएको थियो ।










प्रधानमन्त्री बन्ने चाहना छ, गोरुजस्तै जोतिएर देशको सेवा गर्नेछु – विप्लव
भारतमा रेल दुर्घटनामा परी सात वटा हात्तीको मृत्यु
निर्वाचन बिथोल्ने गतिविधी नगर्न प्रचण्डकाे चेनावती
देशलाई निकास दिन सभापति छाड्न तयार छु, तर चुनावका लागि मात्रै भए सरी : रवि लामिछाने
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया