यी हुन् मन्त्रिपरिषद्ले गरेका ९ निर्णय
सांसद विकास कोषको रकम विपद कोषमा सार्ने, अस्थायी आवासका लागि प्रतिघर ५० हजार दिने, सरकारी कागजातमा नेपाल संवत् उल्लेख गर्ने

काठमाडौं । सरकारले संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमका लागि छुट्टाएको बजेट भूकम्पपछिको पूर्नस्थापना र पर्नूनिर्माणमा खर्च गर्ने गरी विपद् ब्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको छ । बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
८ अर्ब २५ करोड हाललाई विपद् ब्यवस्थापन कोषमा सार्ने र एक अर्ब ७५ करोड समेत सो कोषमा थप गरेर जम्मा १० अर्ब विपद् ब्यवस्थापनका लागि उपलब्ध गराउने निर्णय सरकारले लिएको हो ।
त्यस्तै सरकारले नेपाल भूकम्प , प्रँकृतिक प्रकोप र जलवायु परिवर्तनको उच्च जोखिममा रहेको मुलुक भएकाले ब्यक्तिगत आवास लगायतका सबै भवन तथा संरचनाको बीमा गराउने सम्वन्धमा अध्ययन गरी प्रतिवेदन बुझाउन मुख्य सचिवको नेतृत्वमा कार्यदल बनाउने सम्मको निर्णय गरेको छ ।
भूकम्पले क्षति पुगेका घर परिवारलाई तत्काल अस्थायी आवास निर्माणका लागि प्रतिघर ५० हजार रुपैया दिने निर्णय पनि सरकारले गरेको छ ।
सरकारले नेपाल संवत्लाई अब देखि सरकारी कागजातमा समेत उल्लेख गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले केही दिन अगाडी मात्रै पदमरत्न तुलाधरको स्मृति दिवसमा उक्त प्रतिवद्दता जनाएका थिए ।
यी हुन् सरकारले गरेका निर्णयहरु


















भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह
कांग्रेसले देशलाई एकताबद्ध बनाउने गरेको छः उपसभापति शर्मा
सुरक्षा व्यवस्था चुस्त बनाउन गृहमन्त्रीको निर्देशन
उज्यालो पार्टीका लागि मधेस प्रदेश महत्त्वपूर्ण : अध्यक्ष घिसिङ
भ्यालेन्टाइन डेको अवसरमा टाटा टियागो इभी मात्र २४ लाख ९९ हजारमा
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
दीपेन्द्र र आरिफको अर्धशतकमा युएईमाथि नेपालको सानदार जित
सशस्त्र प्रहरीको प्रवक्तामा नायब महानिरीक्षक भट्ट
राष्ट्रपति पौडेलसँग जापानका प्रधानमन्त्रीको शिष्टाचार भेट
प्रतिक्रिया