महिला टी २० : हङकङमा नेपाल र तान्जानिया भिड्दै

काठमाडौं । हङकङमा आज (बुधबार) देखि सुरुहुने चार देश सम्मिलित महिला टी-२० आई सिरिजको उद्घाटन खेलमा नेपाल र तान्जानिया भिड्दैछन्।
वाङ नाइमा हुने खेल बिहान सवा ७ बजेदेखि सुरु हुनेछ।
नेपाल आजको खेलमा इन्दु बर्माको कप्तानीमा मैदान उत्रदैछ। लामो समयपछि नेपालले आजको खेलबाट महिला टोलीको कप्तानी परिवर्तन गर्दैछ।
नेपाली टोलीमा तीव्र गतिका बलर सोनी पाख्रिन र सोमु विष्टले स्थान बनाएका छन्। यी मध्ये १ खेलाडीले आजको खेलमा डेब्यु गर्ने सम्भावना छ।
नेपाल र तान्जानिया पहिलो पटक आमनेसामने हुन लागेका हुन्। टी-२० आई वरियतामा नेपाल २१ र तान्जानिया १९ औं स्थानमा छन्।
हङकङमा सुरु हुने सिरिजमा घरेलु टोलीसँगै नेपाल, जापान र तान्जानिया छन्।
नेपालले आफ्नो दोस्रो खेलमा बिहिबार घरेलु टोलीसँग खेल्नेछ। शनिबार जापानसँग खेल्ने तालिका छ।
समूहका शीर्ष २ टोली उपाधिका लागि आइतबार आमनेसामने हुनेछन्। सोही दिन पुछारका दुई टोली तेस्रो स्थानका लागि खेल्नेछन्।
















लिग २ को आगामी सिरिजका लागि राष्ट्रिय टीम घोषणा
राष्ट्रियताका मुद्दामा सरकारलाई पार्टीको पूरा सहयोग हुन्छ- सभापति थापा
कोहलपुरमा अतिक्रमित जग्गा खाली गर्न सुरु
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया