सिन्धुलीको कारागारमा एक कैदी बन्दीको मृत्यु

सिन्धुली । सिन्धुलीको कारागार कार्यालयमा एक कैदी बन्दीको मृत्यु भएको छ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका-१० का ३० वर्षीय विमल थापा रहेका छन्।
उनलाई सवारी ज्यान मुद्दामा पुर्पक्षका लागि असोज १७ गतेदेखि थुनामा राखिएको थियो ।
हिजो कारागारमै तिहार मनाएर देउसी खेलिसेकपछि खाना खाएर सुतेका विमल आज बिहान ३ बजे बेहोस अवस्थामा फेला परेका सिन्धुलीका डिएसपी चिरञ्जीवी दाहालले बताए ।
उनलाई तत्काल उपचारका लागि सिन्धुली जिल्ला अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेका थिए । उनको मृत्युको कारण भने खुलेको छैन। कारागारमा झगडा भएको भन्ने रिपोर्ट पनि नआएको र बुधबार उनी सकुशल नै सुतेको डिएसपी दाहालले जानकारी दिए।
विमलको शव पोष्टमर्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र पोष्टमर्टम रिपोर्ट आएपछि मृत्युको कारण थाहा हुने डिएसपी दाहालले जानकारी दिए।
















दैनिक १३ लाख मतपत्र छपाइ
Australia, Indonesia sign new security treaty
Thailand votes after three prime ministers in two years
राष्ट्रियसभा बैठक सुरु
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
सुनचाँदीको मूल्य फेरि बढ्यो, आजकाे मूल्य कति ?
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया