यस्तो छ आजको तपाईको राशिफल

आज २०८० मंसिर २ शनिवार । कार्तिक शुक्ल पञ्चमी
पञ्चाङ्गस् गण्ड बालव उत्तरषाढा । नेपाल संवत ११४३ । नोभेम्बर १८ तारिख २०२३
आज तपाईको राशिफल यस्तो छ–
मेष : आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ ।
वृष : आज स्वास्थ्य भरपर्दो रहनेछैन । मान तथा सम्मानमा दाग लाग्न सक्छ, काम गर्दा ध्यान लिनुहोला ।
मिथुन : आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ प्रेमीको सहयोग पाइनेछ । विश्वास गरेकाले साथ र सहयोग गर्नेछन् ।
कर्कट : एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । प्रेम जीवन पनि सुखमय हुनेछ ।
सिंह : आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अधुरो काम पूरा हुनेछ । बन्धुबान्धवबाट सहयोग पनि मिल्नेछ ।
कन्या : आज सरकारी निकायको भय रहला । स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ, तर साथीको साथ पनि पाइनेछ ।
तुला : आज जोशजाँगर र हिम्मत बढ्नेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । सन्तान सुख मिल्नेछ । इच्छा र आकाङ्क्षा पनि पूर्ण हुनसक्छ ।
वृश्चिक : समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ र रमाइलो यात्रा पनि हुनेछ ।
धनु : बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । सामाजिक र धार्मिक यात्राको योग पनि छ ।
मकर : अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउला । प्रेममा बाधाका साथै मन कमजोर रहला । वैदेशिक क्षेत्र कमजोर रहला ।
कुम्भ : आज कार्यमा सफलता पाइनेछ । कुनै कुराले मनमा शान्ति छाउला । कूटनीतिक नियोगको सहयोग मिल्ला, तर साँझमा धन खर्च हुनेछ ।
मीन : शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । शेयर बजारबाट पनि राम्रै सफलता मिल्नेछ ।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया