भूकम्प : रुकुम पश्चिममा पहिलो चरणको राहत वितरण सकियो

त्रिवेणी (रुकुम पश्चिम) । जाजरकोट भूकम्पबाट प्रभावित रुकुम पश्चिमका विभिन्न स्थानमा पहिलो चरणको राहत वितरण सकिएको छ । भूकम्प गएको भोलिपल्ट नै उद्धार सकिए पनि पहिलो चरणको राहत वितरण भने दुई सातापछि हिजो शुक्रबार मात्रै पूरा भएको रुकुम पश्चिमका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले बताए ।
भूकम्पबाट प्रभावित जिल्लाको आठबिसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका पीडित परिवारलाई त्रिपाल, कम्बल, सिरक, म्याट, चामल, दाल, नुन, तेललगायतका राहत सामग्री वितरण गरिएको उनले बताए । उनका अनुसार मानवीय क्षति तथा भौतिक संरचनामा कम क्षति भएका मुसीकोट र चौरजहारी नगरपालिका, बाँफीकोट र त्रिवेणी गाउँपालिकामा पनि पहिलो चरणमा राहत वितरण सकिएको छ । अब स्थानीय तहबाट क्षतिको पूर्ण विवरण प्राप्त भएपछि विपद् व्यवस्थापन समितिको बैठकले गर्ने निर्णयअनुसार अस्थायी आवास निर्माण सुरु गरिने उनको भनाइ छ ।
“अबको आवश्यकता भूकम्पपीडितलाई अस्थायी टहरा निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण हो । सोही अनुसार काम गर्छौ”, उनले भने । उनका अनुसार स्थानीय तहलाई कार्यालयले भनेअनुसारको ढाँचामा क्षतिको विवरण सङ्कलन गरी पठाउन निर्देशन दिइसकिएको छ । केही व्यक्ति तथा संस्थाले आफ्नै पहलमा आठबिसकोट र चौरजहरी नगरपलिकामा अस्थायी टहरा निर्माण सुरु गरिसकेका छन् ।
मृतकका परिवारका नगद
भूकम्पमा ज्यान गुमाएका रुकुम पश्चिमका मृतकका परिवारलाई नगद वितरण गरिएको छ । सानीभेरी गाउँपालिकाका १० जना मृतकका परिवारलाई रु १६ लाख र आठबीसकोट नगरपालिकाका मृतकका ३७ जना मृतकका परिवारलाई रु ६१ लाख गरी कूल रु ७७ लाख नगद वितरण गरिएको जिल्ल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिए । बाँकीलाई कागजपत्र मिलेपछि राहत वितरण गरिने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी पन्तका अनुसार सङ्घीय सरकारबाट प्राप्त रकमबाट मृतकका परिवारलाई नगद वितरण गरिएको हो । सरकारले प्रति मृतकका घरपरिवारलाई रु दुई लाखका दरले र एउटै घरमा एक जनाभन्दा बढीको मृत्यु भएकामा रु दुई लाख र थप रु एक लाखका दरले नगद उपलब्ध गराउने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा रु पाँच करोड रकम पठाएको थियो । जसमा रु ६७ लाख नगद राहत वितरण गरिएको छ । बाँकी रकम भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण र पुनःस्थापनामा खर्च हुने सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । रुकुम पश्चिममा गत कात्तिक १७ गते राति गएको भूकम्पमा परी ५३ जनाको मृत्यु भएको थियो ।
चिसोबाट जागिन समस्या
भूकम्पमा परी घर भत्किएपछि रुकुम पश्चिम र जाजरकोटको अधिकांश प्रभावित अहिले त्रिपालको साहरामा रात काटिरहेका छन् । उनीहरुलाई खाना र बस्नसँगै चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि उत्तिकै छ । चिसोकै कारण जाजरकोटमा पाँच जना भूकम्पपीडितको ज्यान गइसकेको छ ।
आठबीसकोट नगरपालिका–१३ हम्पाका लक्ष्मण शाही आफूसँगै धेरैलाई चिसोबाट मुस्किल परिरहेको बताए । भूकम्पकै कारण उनले आमा, बहिनी, दुई भान्जा गुमाएका थिए । उनीहरुलाई गुमाउनुको पीडाबीच यतिबेला चिसोबाट आफ्नै ज्यान कसरी जोगाउने भन्ने चिन्ता थपिएको छ । “हामीलाई तत्कालका लागि घामपानीबाट बच्नका लागि सुरक्षित अस्थायी आवास चाहिएको छ, चिसोले रातको समयमा निद्रा पर्दैन, त्रिपालको साहरामा लामो समयका लागि विकल्प होइन”, उनले भने ।
सोही वडाका हरिबहादुर ओलीले पनि चिन्ता लक्षमणको जस्तै छ । “बालबच्चाको चिन्तासँगै पछिल्लो समय अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता पनि थपिएको छ”, उनले भने, “सरकारले चिसोबाट जोगाउन सुरक्षित बसोबासको वन्दोबस्त गरिदिए राम्रो हुन्थ्यो ।”
सानीभेरी गाउँपालिका-४ की कालिकादेवी मल्लले त्रिपालको भरमा बारीमा चिसो रात काट्दा समस्या भएको बताए । “विनाशकारी भूकम्पबाट बाँच्न सफल भए पनि चिसोबाट जोगिन निकै मुस्किल भएको छ”, उनले भने ।
















Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया