बिहीबार, मंसिर १८, २०८२

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइँदै

मेरोन्यूज २०८० मंसिर ३ गते ७:१३

काठमाडौँ । आज देशभर सिँगारिएका नदी, खोला, पोखरीमा गई सूर्यको पूजा आराधना गरी छठ पर्व मनाइँदै छ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ।

व्रतालुहरुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिने गर्छन् ।

काठमाडौँको गुह्येश्वरीदेखि गौरीघाटमा पूजा आराधनाको व्यवस्था गरिएको छ।

छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने र आफ्ना सम्पूर्ण दुःख र कष्ट हटेर जाने जनविश्वास रहेको छ।

प्रतिक्रिया