छठले राष्ट्रिय एकता सुदृढ गर्ने प्रधानमन्त्री दाहालको विश्वास

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छठ पर्वले राष्ट्रिय एकता सुदृढ गर्न, आपसी विश्वास र सम्बन्ध थप प्रगाढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।
छठका अवसरमा आज शुभकामना दिँदै उहाँले देशमा विद्यमान चुनौतीमाथि विजय हासिल गर्दै सुशासन, समृद्धि र सामाजिक न्यायसहितको समुन्नतिको मार्गमा अग्रसर हुन छठले प्रेरित गर्ने बताए ।
प्रधानमन्त्री दाहालले शुभकामना सन्देशमा भनेका छन्, “यस पर्वले चुनौतीलाई अवसरमा बदल्न, व्यक्तिगत एवं सामाजिक जीवनमा आशाको रक्तसञ्चार भर्न, राष्ट्रलाई एकतावद्ध तुल्याउँदै समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न हामी सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”
भूगोल र क्षेत्रफलको हिसाबले सानो भए पनि भाषा, कला, संस्कृति, चाडपर्व, वेशभूसा र सभ्यताका दृष्टिले नेपाल विश्वमै विशाल र वैभवशाली रहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले यस यथार्थलाई हाम्रा संस्कार, संस्कृति र ऐतिहासिक तथ्यले राम्रोसँग प्रमाणित गरेको बताए। उनले शुभकामना सन्देशमा नेपालको संविधानले नेपाली समाजको बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र क्षेत्रीय विशेषतालाई आत्मसात गर्दै विविधतासहितको एकतालाई राष्ट्रिय गौरवका रूपमा आत्मसात गरेको उल्लेख गरे ।
प्रधानमन्त्री दाहालले मानवजीवन कृषि युगमा प्रवेश गरेपछि उत्पादित कृषिजन्य उपज र परिकारको खुसीयाली एवं कृषि युगको निरन्तरताको प्रतीकका रूपमा सूर्यको आरधना गरी छठ पर्वको परम्परा सुरूवात भएको बताए ।
छठ प्रकृति र मानव जीवनबीच जीवन्त व्यावहारिक सम्बन्ध स्थापित गर्ने पर्वका रूपमा स्थापित रहेको उल्लेख गर्दै उनले यसले प्रकृति र मानवबीचको सम्बन्ध जीवन्त तुल्याउनका साथै जीवन उपयोगी प्राकृतिक वस्तुको सम्मान एवं संरक्षण, उत्पादन एवं श्रम संस्कृतिको विकासका निम्ति महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । प्रधानमन्त्री दाहालले तराई–मधेसमा सूर्यको आराधना गर्दै उल्लासमय रूपमा मनाइने छठका अवसरमा तराईवासी जनसमुदायका साथै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।
















Heavy snowfall expected in northern, western Japan through election day
Gold, silver prices see slight decline
Iran, US prepare for Oman talks after deadly protest crackdown
रास्वपाले भन्यो– रौतहट घटनालाई पार्टीले गम्भीरताका साथ लिएको छ
रियल, AMT र अन्य अटोमेटिक्स बीचको भिन्नता: स्कोडा कायलाकका लागि यसको अर्थ
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
काठमाडौंका सुकुम्बासीलाई बाढीबाट जोगाउन डोजर लगाएको हुँ : बालेन
राष्ट्रपति पौडेललाई ‘गार्ड अफ अनर’
प्रतिक्रिया