भारतविरुद्ध ओपनर ट्राभिस हेडको शतक प्रहार, अष्ट्रेलिया जिततर्फ उन्मुख

काठमाडौं । एकदिवसीय विश्वकप क्रिक्रेटको फाइनलमा ओपनर ट्राभिस हेडले शतक प्रहार गरेपछि अष्ट्रेलिया आइसीसी क्रिकेट विश्वकप २०२३ को फाइनलमा भारतविरुद्ध जिततर्फ लम्किएको छ ।
जितको लागि २ सय ४१ रनको प्रतिस्पर्धात्मक लक्ष्य पछ्याएको अष्ट्रेलिया ७ ओभर सकिँदा ३ विकेट गुमाउँदै ४७ रन बनाएको थियो । तर चौथो विकेटका लागि हेड र मार्नस लाबुसेनले उत्कृष्ट साझेदारी गर्दै अष्ट्रेलियालाई विश्वकप उपाधि नजिक पुर्याएका हुन् ।
हेडले शतक प्रहार गर्ने क्रममा ९४ बलमा १४ चौका र १ छक्का प्रहार गरे । सुरुवातमा इनिङ सम्हाल्दै खेलेका उनले पछिल्लो केही ओभरमा भने आक्रामक ब्याटिङ गर्दै शतक पूरा गरेका हुन् । जारी विश्वकपमा उनको यो दोस्रो शतक हो । अष्ट्रेलिया हाल ३४ ओभरमा ३ विकेट गुमाएर १ सय ८५ रनको स्थितिमा छ ।
लाबुसेन ४१ रन र हेड १ सय रन जोडेर खेलिरहेका छन् । अष्ट्रेलियालाई अब जितका लागि ९६ बलमा ५६ रन आवश्यक छ । लक्ष्य पछ्याउने क्रममा आक्रामक ब्याटिङ गरेका ओपनर डेविड वार्नर दोस्रो ओभरमै आउट भए । मोहम्मद शामीको पहिलो बलमै एज लागेर उनी स्लिपमा विराट कोहली हातबाट ७ रनमा क्याच आउट भए । मिचेल मार्श पाँचौ ओभरको तेस्रो बलमा १६ रन जोड्दै जस्पित बुमराहको बलमा विकेटकिपर लोकेश राहुलबाट क्याच आउट भए ।
उनले १५ बलमा १ चौका र १ छक्का हाने । बुमराहको सातौं ओभरको अन्तिम बलमा स्टिभ स्मिथ चार रनमा एलबीडब्लू आउट भए । त्यसअघि नरेन्द्र मोदि स्टेडियम अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा २ सय ४० रनमा अल आउट भएको थियो ।
भारतका लोकेश राहुलले १ सय ७ बलमा १ चौकासहित सर्वाधिक ६६ रन बनाए । विराट कोहलीले ६३ बलमा ४ चौकासहित ५३ रन जोडे । कप्तान रोहित शर्माले ३१ बलमा ४ चौका र ३ छक्कासहित ४७ रन बनाए । अन्य कुनैपनी ब्याटरले राम्रो गर्न सकेनन्।
















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया