टिकटक बन्द गर्ने निर्णय विरुद्धका रिट न्यायाधीश चुडालको इजलासमा
मेरोन्यूज
२०८० मंसिर ४ गते ११:३४

काठमाडौँ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ ।
अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।
मन्त्रिपरिषद्को कात्तिक २७ गतेको बैठकले छोटा भिडियोहरु अपलोड गरिने सञ्जाल टिकटकले समाजमा नकारात्मक असर पारेको भन्दै बन्द गर्ने निर्णय गरेको थियो। सरकारले उक्त निर्णय गरेसँगै प्रतिबन्धका सम्बन्धमा नेपालमा दुवै खाले प्रतिक्रिया आएका थिए ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता अनन्तराज लुईंटेल, अधिवक्ता फर्सुराम पाण्डे, अधिवक्ता त्रिलोक चन्द, अधिवक्ता भद्रप्रसाद नेपाल, अधिवक्ता सुनिल रञ्जन सिंह लगायतका कानुनव्यवसायीले छुट्टाछुट्टै सर्वोच्चमा रिट दायर गरेका थिए ।
सम्बन्धित
















राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
‘प्रचण्ड’द्वारा डा. बाबुराम भट्टराईका पिताप्रति श्रद्धाञ्जली अर्पण
कसैलाई गाली नगराैं, निर्वाचनमा एकढिक्का भएर पार्टीलाई जिताउन लागौँ : उपभापति शर्मा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
साफ महिला च्याम्पियनसिप उपाधिका लागि शनिबार पोखरामा बङ्गलादेश र भारत भिड्दै
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रतिक्रिया