रसुवागढी नाकाबाट सुनसहित ३ जना पक्राउ

काठमाडौं । रसुवागढी नाकाबाट १३ लाखभन्दा बढी मूल्य बराबरका सुनका औंठीसहित तीन जनालाईं प्रहरीले पक्राउ गरेको छ ।
सुन तस्करी हुन थालेपछि प्रहरीले विशेष निगरानी बढाएसँगै ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर ५ गोङ्गाङ बस्ने २९ वर्षीय सुरेश तामाङ, सोही गाउँपालिकाको वडा नम्बर ५ तातोपानी बस्ने ३७ वर्षीय निमा टासी तामाङ र गोसाईकुण्ड गाउँपालिका-३ ब्रिदीम बस्ने २३ वर्षीय ङ्वाङ लोप्साङ तामाङ रहेका छन् ।
इलाका प्रहरी कार्यालय टिमुरेबाट खटिएको सशस्त्र प्रहरीको टोली र रसुवा भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार साँझ उनीहरुलाई चीनबाट नेपाल आइरहेका बेला पक्राउ गरेको थियो ।
उनीहरुको साथबाट एकरएक थान बेरुवा औंठी बरामद भएको छ । ती औंठीको तौल १२ तोला रहेको र १३ लाख ८८ हजार ४०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीको भनाइ छ ।
















टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
आजको मौसम पूर्वानुमान : तराई भूभाग उच्च पहाडी तथा हिमाली क्षेत्रमा बादल
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध
इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
प्रतिक्रिया