‘नेपाल संवत् मुलुकको गौरव’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको मौलिक संवत्का रूपमा नेपाल संवत् स्थापित भएको बताएका छन् ।
नेपाल संवत् मूल समारोह समितिद्वारा आज आयोजित कार्यक्रममा प्रधानमन्त्रीले हरेक राष्ट्रको मौलिक संवत् प्रचलनमा रहेको सन्दर्भमा नेपाल संवत् पनि नेपालको मौलिक संवत् भएको बताए ।
विसं २०६५ मा आफू नेतृत्वको सरकारले नै नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको स्मरण गर्दै प्रधानमन्त्रीले त्यसका लागि वाम अधिकारकर्मी पद्मरत्न तुलाधर र कवि दुर्गालाल श्रेष्ठको महत्त्वपूर्ण योगदान भएको बताए । श्रेष्ठ र तुलाधारले नेपाल संवत् तर्क र तथ्यसहित राष्ट्रिय संवत् हो भनेर ज्ञान दिएको प्रधानमन्त्रीले उल्लेख गरे ।
केही दिनअघिको मन्त्रिपरिषद्को बैठकले नेपाल संवत्लाई सरकारी कामकाजमा प्रयोग गर्ने निर्णय गरेको थियो । त्यसका लागि उत्प्रेरित गर्ने सबैलाई प्रधानमन्त्रीले धन्यवाद दिए । “यो हाम्रो संवत् हो सामाजिक न्यायसँग जोडिएको संवत् हो । सरकारी दस्तावेजमा उल्लेख गर्न नेवार समुदायको भूमिका महत्त्वपूर्ण छ ।”
नेपाल संवत् नेवार समुदायको मात्रै नभई प्रत्येक नेपालीको भएको प्रधानमन्त्रीले बताए । “यसमा गर्व गर्नुपर्छ । मौलिक संवत्को रूपमा स्थापित गर्नुपर्छ”, उनले भने ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त मुलुक भएको वास्तविकता प्रस्तुत गर्दै प्रधानमन्त्रीले सामाजिक सद्भाव र राष्ट्रिय एकताको भावनाले ओतप्रोत नेपाल संवत्ल ‘सयौं थुङ्गा फूलका हामी, एउटै माला नेपाली।।।’ पनि सोही भावनालाई मुखरित गरेको बताए।
सङ्घीय लोकतान्त्रिक गणतन्त्रअन्तर्गत विगतमा उत्पीडनमा रहेका समुदायले केही अधिकार प्राप्त गरेका उल्लेख गर्दै प्रधानमन्त्रीले ठूलो त्याग र बलिदानबाट ती उपलब्धि भएका बताए ।
नेपाली जनताले ७० वर्ष लामो आन्दोलनबाट प्राप्त भएको उपलब्धिलाई थप स्थापित गरेर जानुपर्नेमा प्रधानमन्त्री दाहालले जोड दिए ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले जनताको आन्दोलनबाट प्राप्त अधिकारलाई संस्थागत गर्दै अगाडि बढ्नु आजको आवश्यकता भएको बताए । “सम्पूर्ण दल सचेत भएर अगाडि बढ्नुपर्छ, संविधानको भावना र मर्मलाई बुझेर कार्यान्वयन गर्न जुट्नुपर्छ”, उनले भने।
अधिकारकर्मी मल्लके सुन्दरले नेपाल संवत्सम्बन्धी समाचार प्रकाशन गर्न नदिएर राजतन्त्रले जनतामाथि ज्यादती गरेको आरोप लगाए ।
मन्त्रिपरिषद्बाट एकमतबाट गराएको नेपाल संवत्लाई सबै सरकारी दस्तावेजमा उल्लेख गर्ने निर्णय ऐतिहासिक भएको बताउँदै पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले त्यसको स्वागत गरे ।
पूर्वमन्त्री जीवनराम श्रेष्ठले गणतन्त्रअघिका राज्य व्यवस्थाले जनतालाई अधिकार नदिएर दमन गरेको उल्लेख गर्दै प्रजातन्त्रको पुनःस्थापना र गणतन्त्रपछि मात्रै जनताले वस्ताविक अधिकार उपयोग गर्न पाएका बताए ।
पूर्वमन्त्री भीमसेनदास प्रधानले जनताको सङ्घर्षको बलमा समावेशी, समानुपातिक, धार्मिक स्वतन्त्रतासहितको धर्मनिपेक्षतालगायत उपलब्धि प्राप्त भएको जनाउँदै प्राप्त उपलब्धिको रक्षार्थ सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताए ।
















Nepal Telecom’s role for economic prosperity laudable: Home Minister Aryal
६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
Number of water birds declines in Nepal in recent years
Pakistan reiterates call for full implementation of UNSC Resolution 47
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया