मंसिर ७ को सुरक्षा तयारी
७ हजार सुरक्षाकर्मी परिचालन गरिने, रिजर्भमा सेनालाई पनि राखिने
काठमाडौंका ९० भन्दा बढी ठाउँमा मोवाइल सुरक्षा प्रवन्ध, निगरानीका लागि ड्रोन समेत प्रयोग गरिने

काठमाडौं । राजावादी अभियान्ता तथा मेडिकल ब्यापारी दुर्गा प्रसाईं र एमालेको जनवर्गीय संगठन युवा विद्यार्थीहरुको फरक फरक शक्ति प्रर्दशनका कारण बिहिबार काठमाडौंमा सुरक्षा ब्यवस्था कडाई गर्ने निश्कर्षमा सुरक्षानिकायहरु लागेका छन् ।
दुबै पक्षले माइतीघरमण्डलामा प्रर्दश्न गर्न खोजेपछि अहिले ती क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । त्यसपछि दुबै समुहका कार्यक्रम स्थल अहिले फरक स्थानमा छन् । एमालेको युवा विद्यार्थीको प्रर्दशन तिनकुनेमा हुँदैछ । दुर्गा प्रसाईंको भने बल्खुमा हुने छ ।
तर दुबै पक्षका प्रर्दशनका लागि उपत्यकाका विभिन्न स्थानमा निस्कने जुलुश र् याली झडपमा परिणत हुनसक्ने ठानेर सुरक्षा निकायले सचेततापूर्वक निगारानी बढाएको छ ।
प्रसाईंले भने देशभरबाट मान्छे काठमाडौंमा ल्याएर प्रर्दशनमा सहभागी गराउन खोजेपछि काठमाडौं उपत्यका भित्रने नाकाहरुमा निगारानी, चेकजाँच कडाई गरिएको छ ।
बुधबार साँझ मात्रै पनि सिंहदरवारस्थित गृहमन्त्रालयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षमा चार वटै सुरक्षा निकायका प्रमुख , मन्त्रीहरु लगायतको उपस्थितीमा सुरक्षा समितिको बैठक बसेको थियो । यो बैठकमा भोली दुबै पक्षले गर्न सक्ने प्रर्दशन लगायतका समग्र सुरक्षा अवस्थाका बारेमा विश्लेषण गर्ने, रणनीति बनाउने लगायतका काम गरेको छ ।
सुरक्षा निकायले विशेष सुरक्षा योजना बनाएर कार्यान्वयनमा लगिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिएका छन् ।
आम सर्वसाधारणको दैनिकीलाई पनि सहजीकरण गर्नको लागि सवारी आवागमनलाई सहज बनाउने योजनाअनुसार सुरक्षा निकाय अघि बढेको काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० भूपेन्द्र खत्रीले बताए ।
उनले नागरिकहरुलाई कुनै डर र त्रास नलिकन आफ्नो दैनिकी बिताउन आग्रह गरे । उनले यातायातको आवागमनमा भने केही समस्या भएपनि त्यसको लागि पनि ट्राफिक प्रहरीसँगको समन्वयमा व्यवस्थापन गर्ने बताए ।
प्रसाईले काठमाडौं उपत्यकाका विभिन्न ८ स्थानबाट जुलुश निकाल्ने गरि तयारी गरेका छन् । एमालेको युवा विद्यार्थीले पनि र्याली कोटेश्वर हुँदै च्यासल पुगेर कार्यक्रमस्थल तीनकुने पुग्ने गरी कार्यक्रम बनाएका छन् ।
दुबै समुहलाई जुलुश निकाल्ने रुट समेत प्रशासनले तोकिदिएको छ । दुवै पक्षका कार्यकर्तालाई कार्यक्रमस्थलसम्म सुरक्षित रुपमा पुग्ने व्यवस्था गरिएको प्रहरीको दाबी छ। आवश्यकता अनुसार अहिलेबाटै सुरक्षाकर्मी परिचालन भइसकेका छन्। अवस्था हेरेर जनशक्ति थप र योजना परिवर्तन हुन्छ। झडपको अवस्था आउन नदिन प्रहरीले स्कोर्टिङको समेत व्यवस्था गरेको छ।
ललितपुर र भक्तपुर परिसरले आ–आफ्नो जिल्लाको सुरक्षा हेर्नेछन्। दुवै कार्यक्रम काठमाडौंमा हुने भएकाले काठमाडौं परिसरका एसएसपी भूपेन्द्र खत्रीको कमान्डमा नेपाल प्रहरी फिल्डमा परिचालित हुनेछ। नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी पनि कम्तीमा इन्सपेक्टरको कमान्डमा हरेक टोलीमा खटिनेछन्।
डीआईजीको नेतृत्वमा संयुक्त कमान्ड सेन्टर
काठमाडौं उपत्यकाका तीन वटै जिल्लाको सुरक्षाका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डीआईजी लालमणि आचार्यको नेतृत्वमा एकीकृत कमान्ड सेन्टर स्थापना गरिएको छ। कमान्ड सेन्टरमा सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरु पनि रहने गरी मिलाइएको सुरक्षा स्रोतले बताएको छ ।
सशस्त्र प्रहरीका एसएसपी, नेपाली सेनाका महासेनानी र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक सेन्टरमा रहनेछन्। रानीपोखरीमा रहने यो सेन्टरबाट फिल्डको मनिटरिङ हुनेछ।
यहीँबाट दुवै कार्यक्रमस्थल र अन्य क्षेत्रको पनि सुरक्षा अनुमगन हुने, सूचना संकलन हुने र आवश्यकता अनुसार जनशक्ति परिचालनको काम हुनेछ। कमान्ड सेन्टरमा सबै सुरक्षाकर्मीबाट सूचना संकलन हुनेछ।
परिस्थिति काबुभन्दा बाहिर नगएसम्म सेना फिल्डमा हुने छैन। तर स्थिति काबुभन्दा बाहिर गएको अवस्थामा स्थानीय प्रशासन ऐन अनुसार सेना समेत खटाउने गरी तयारी गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ। सोही अनुसार सुरुबाटै सुरक्षा योजनामा नेपाली सेनालाई पनि सामेल गराइएको छ।
बिहीबारको सुरक्षाका लागि करिब ७ हजार सुरक्षाकर्मी परिचालन गरिने छ। तर आवश्यक परे थप जनशक्ति रिजर्भमा रहनेछन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीले नै र्याली सुरु हुने स्थानबाटै दुवै आन्दोलनकारी प्रहरीको घेरामा हुनेछन्। उनीहरुमाथि आक्रमण हुन नदिन र उनीहरुले पनि क्षति गर्न नपाउने गरी सुरक्षा तयारी गरिएको प्रहरीको दाबी छ।
जुलुसमा १५ सय बढी सशस्त्र प्रहरी परिचालन गरिने छ। नेपाल प्रहरी भने जिल्ला अनुसार छुट्टाछुट्टै खटाइएको छ। काठमाडौँमा २ हजार ६३७ प्रहरी, ललितपुरमा ५६४ प्रहरी र भक्तपुरमा ४०४ जना परिचालन गर्ने योजना छ।
यस्तै ट्राफिक व्यवस्थापनका लागि ९७८ जना ट्राफिक प्रहरी परिचालन गरिनेछ। यस्तै सूचना संकलनका लागि प्रहरी प्रधान कार्यालयले झण्डै ५ सय सादा पोसाकका प्रहरी खटाउने छ।
दुर्गा प्रसाईंको कार्यक्रममा भने निगरानीका लागि ड्रोन समेत प्रयोग गरिने छ। अहिलेसम्मको तयारी र दुवै पक्षको स्थिति हेर्दा परिस्थिति सामान्य नै हुने आकलन सुरक्षा निकायको छ। काठमाडौंका ९० भन्दा बढी ठाउँमा मोवाइल सुरक्षा प्रवन्ध समेत मिलाइएको छ । अत्यावश्येक सेवा सुचारु गर्न हाम्रा सबै शक्तिहरु परिचालन गर्नेगरि सुरक्षा ब्यवस्था मिलाइएको प्रहरीको भनाई छ ।
















संविधान पुनरावलोकनका विषयमा प्रधानमन्त्री कार्कीलाई कानुन आयोगको जानकारी
Qatari delegation engages in high-level meetings at FNCCI’s initiative Discussions held on Nepal-Qatar economic development, tourism and investment cooperation
राष्ट्रिय आर्थिक गणनामा परिसङ्घको सहकार्य
आगामी निर्वाचनबाट प्रदेशलाई सबल र देशलाई सम्मुन्नत बनाउँछौँः सभापति थापा
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
वरिष्ठ कलाकार सुनिल थापाको हृदयघातका कारण निधन
आजका लागि तरकारि तथा फलफुलकाे मूल्य
प्रधान सेनापति खुला म्याराथन सम्पन्न
प्रतिक्रिया