मंगलबार, माघ २७, २०८२

सिराहामा दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किंदा ३ जनाको मृत्यु

मेरोन्यूज २०८० मंसिर ७ गते ७:३८

जनकपुरधाम । सिराहाको हुलाकी राजमार्गमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा तीन जनाको मृत्यु भएको छ, भने एकजना सख्त घाइते छन् ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता डीएसपी रवीन्द्रराज पाण्डेका अनुसार बुधबार साँझ करिब ७ः१५ बजेको समयमा सिराहा नगरपालिका–१९ सन्हैठा नयाँचोकमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स२प ४५३१ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प १८५० नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किएर दुर्घटना भएको हो ।

मृत्यु हुनेहरुमा सिराहाको अर्नामा गाउँपालिका–५ का २७ वर्षीय दिनेशकुमार यादव, ३२ वर्षीय रामवृक्ष यादव र १९ वर्षीय मुकेशकुमार सिंह रहेका छन् ।

तीनै जनालाई उपचारको लागि प्रादेशिक अस्पताल सिराहामा पुर्‍याउँदा साढे ७ बजेतिर चिकित्सकले मृत्यु घोषणा गरेको डीएसपी पाण्डेले बताए ।

मोटरसाइकलमै सवार स्थानीय १५ वर्षीय युवराजकुमार यादव सख्त घाइते भएका छन् । उनलाई थप उपचारका लागि राति नै विराटनगर रिफर गरिएको छ ।

दुवै मोटरसाइकलका चालकले हेलमेट नलगाइ तीव्रगतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएर क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया