मंगलबार, माघ २७, २०८२

आज काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई

मेरोन्यूज २०८० मंसिर ७ गते ८:३९

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको सुरक्षा व्यवस्थामा कडाई गरिएको छ ।

मंसिर ७ गते देखी युवा संघलगायत एमालेका भ्रातृ संगठन र दुर्गा प्रसाईंको समूहले काठमाडौँमा शक्ति प्रदर्शन गर्ने विषयमा केही दिन अगाडिदेखि नै चर्चामा रहेको थियो ।

एक अर्काबीच आरोप–प्रत्यारोप गरिरहेका यी दुई समूहबीच झडप हुनसक्ने आकलन गरी काठमाडौँ उपत्यकाभरि नै सरकारले विशेष सुरक्षाको व्यवस्था गरेको छ।

युवा संघको नेतृत्वमा तीनकुनेमा र प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले बल्खु चोकमा प्रदर्शन गर्ने तयारी रहेको छ।

प्रतिक्रिया