मंगलबार, माघ २७, २०८२

धनकुटामा एकै परिवारका ३ जना मृत फेला

मेरोन्यूज २०८० मंसिर ७ गते ९:५६

धनकुटा । धनकुटामा एउटै परिवारका तीन जनाको शव फेला परेको छ।

धनकुटा नगरपालिका–१ निगालेको एक घरभित्र तीन जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजुबाबु महर्जनका अनुसार घरमुली ३५ वर्षीय टीकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र छोरा १० वर्षीय आयुष गुरुङको शव घरभित्रै फेला परेको छ ।

डीएसपी महर्जनले भने, ‘घटनास्थलको प्रकृति हेर्दा आमा छोराको हत्यापछि टीकारामले आत्महत्या गरे जस्तो देखिन्छ,’ ‘हामी अहिले घटनास्थलमै छौँ। घटनाको विषयमा थप बुझ्ने काम भइरहेको छ।’

टीकारामको शव झुण्डिएको अवस्थामा र आमा छोराको शव ओछ्यानमै फेला परेको प्रहरीले जनाएको छ। बिहिवार बिहान घरभित्र तीन जनाको शव देखे पछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।

‘अहिले शव घटनास्थलमै छ। आफन्त आएपछि शव पोस्टमार्टमको लागि लैजान्छौँ,’ डीएसपी महर्जनले भने।

प्रतिक्रिया