मंगलबार, माघ २७, २०८२

काठमाडौंमा सुरक्षा व्यवस्था कडा, १० हजार प्रहरी परिचालन

मेरोन्यूज २०८० मंसिर ७ गते ११:३७

काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहले आज प्रदर्शन गर्दैछन् । युवा संघले तीनकुने र प्रसाईंले बल्खु क्षेत्रमा प्रदर्शन गर्ने तय भएको छ ।

दुई समूहको जनप्रदर्शन हुने दिन बिहीबार सडकमा अत्यावश्यकबाहेक सवारीसाधन नचलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ । जसकारण बिहीबार बिहानैदेखि काठमाडौंका मुख्य मुख्य सडक, चक्रपथ सुनसान बनेका छन् । फाट्टफुट्ट गाडी गुडेका छन् । चोकचोकमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।

नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका गरी करिब सात हजार सुरक्षाकर्मी फिल्डमा खटिँदैछन् । यसबाहेक हेडक्वाटर र उपत्यकाभित्रका तीनवटै जिल्लामातहतका कार्यालयबाटसमेत खटिने गरि करिब १० हजार सुरक्षाकर्मी परिचालित भएका छन् । २०६२–६३ को आन्दोलनपछि पहिलाेपटक सरकारले याे सँख्यामा सुरक्षाकर्मी सडकमा खटाएको हाे ।

प्रतिक्रिया