स्वास्थ्य क्षेत्रमा प्राप्त सहयोगबारे छलफल आवश्यक : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रमा दाताबाट प्राप्त सहयोगको समुचित प्रयोग भए नभएकोप्रति सचेत बन्नुपर्ने धारणा राखेका छन् । स्वास्थ्य क्षेत्रमा भएको लगानीको प्रतिफलबारे छलफल र बहसको आवश्यकता भएको उनको भनाइ छ ।
मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘राष्ट्रिय संयुक्त वार्षिक समीक्षा’का अवसरमा उनले मन्त्रालयको आन्तरिक सुधारका साथै दाताबाट प्राप्त रकम कार्यक्रमको उद्देश्यअनुसार खर्च भए नभएको विषयप्रति मन्त्रालयका पदाधिकारीहरुलाई सचेत रहन निर्देशन दिए ।
“अन्तर्राष्ट्रिय दातृ संस्थाबाट सवास्थ्यका विभिन्न क्षेत्रमा आएको लगानीले के हामीलाई प्रतिफल दिएको छ त रु”, उनले भने, “यस्ता कतिपय बजेट कहाँबाट आउँछ र कहाँ जान्छ रु बजेट उद्देश्यअनुसार खर्च भएको छ वा छैन त्यो पाटो पनि हेर्न जरुरी छ । त्यसैले सरकारले यी बजेटहरु रेडबुकमार्फत आउनुपर्छ ।”
मन्त्री बस्नेतले जनशक्ति, स्वास्थ्य उपकरण र भौतिक संरचनाको व्यवस्थापन गर्न मन्त्रालय लागेको बताए । यस्तै, मन्त्री बस्नेतले जनशक्तिको दरबन्दी थप्ने प्रक्रियाको तयारी भइरहेको समेत जानकारी दिए ।
“तथ्याङ्कअनुसार ३३ हजार जनशक्ति छन् तर व्यवहारमा त्यो पनि छैन । गुणस्तरीय सेवा दिन यति जनशक्तिबाट सम्भव छैन”, मन्त्री बस्नेतले भने, “स्वास्थ्यमा नभई नहुने जनशक्ति दिन्छु भन्नेमा अर्थमन्त्रालय तयार भइसकेको छ । अब दक्ष जनशक्ति प्राप्तीका लागि लामो समय कुर्न पर्दैन ।” चिकित्सा शिक्षाका विद्यार्थीमा निराशा बढेको भन्दै चिकित्सा शिक्षा ऐन संशोधन गरेर चिकित्सक र प्यारामेडिक्स नर्सको अध्ययनका लागि सहजीकरण गर्नपर्नेमा समेत जोड दिए ।
यस्तै, यसवर्ष विश्व स्वास्थ्य दिवसका अवसरमा मन्त्रालयले स्वास्थ्य क्षेत्रका सबै व्यक्ति, संस्था र निकायको सहभागितामा राष्ट्रियस्तरको कार्यक्रम गर्ने पनि मन्त्री बस्नेतले जानकारी दिए । उनले मन्त्रालयको कामको समीक्षा, आगामी कार्यक्रमको उद्देश्य र समस्याका विषयमा छलफल गर्ने तयारी गरेको बताए।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
प्रतिक्रिया