शुक्रबार, वैशाख २५, २०८३

टीकापुर हत्याकाण्ड : सरकारका नाममा कारण देखाऊ आदेश

मेरोन्यूज २०८० मंसिर ७ गते १७:३३

काठमाडौँ। टीकापुर हत्याकाण्डका कैदीको सजाय मिनाहा गर्ने सरकारको नाममा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। थप कैदीको सजाय मिनाहा दिने राष्ट्रपतिको निर्णयविरुद्धको निवेदनमा सर्वोच्च अदालतले राष्ट्रपति कार्यालयसहित सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो।

Advertisement
NiccNicc

सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी दिने निर्णय गरेका थिए।

उक्त निर्णयलगत्तै टीकापुर हत्याकाण्डमा ज्यान गुमाएका नेपाल प्रहरीका इन्स्पेक्टर केशव बोहराकी श्रीमती शारदाले सर्वोच्चमा रिट दायर गरेकी थिइन्। बिहीबार न्यायाधीश प्रकाशकुमार ढुंगानाको एकल इजलासले कारण देखाउ आदेश दिएको हो। यसअघि उक्त निवेदन पटकपटक पेसीमा चढाइए पनि विभिन्न कारण सुनुवाइ हुन सकेको थिएन।

शारदा कडायत, मन्धरादेवी विष्टलगायतले गत कात्तिक २१ गते उक्त निवेदन दिएका हुन्। सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसर पारी कैद मिनाहा गरिदिएपछि हरिनारायण चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरीलगायत गत असोज ३ गते रिहा भएका थिए।

प्रतिक्रिया