दुर्गा प्रसाईंलाई घरमै ‘नजरबन्द’ गरिएको भन्दै सर्वोच्चमा रिट
मेरोन्यूज
२०८० मंसिर ८ गते १५:४८

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई घरमै नजरबन्द गरेर राखिएको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
प्रसाईं पक्षका कानुन व्यवसायीले शुक्रबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका हुन्।
रिट वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट दर्ता गराएका हुन् । उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ ।
प्रसाईंले शुक्रबार तिनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर, स्थानीय प्रशासनले तिनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रस्ट पारेसँगै सो क्षेत्रमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरी उनका केही समर्थकलाई नियन्त्रणमा लिएको छ ।
प्रसाईं भने घरबाट बाहिर निस्केका छैनन्।
सम्बन्धित
















प्रचारप्रसार गर्नुअघि राजनीतिक दल वा उम्मेदवारले घोषणापत्र सार्वजनिक गर्नुपर्ने
निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन आग्रह
प्रधानमन्त्री कप क्रिकेटः बैतडी लगातार विजयी
घोषणापत्र र नीति तथा कार्यक्रममा अटोमोबाइल, दिगो सडक र सुरक्षित यातायात समावेश गर्न माग
नवलपुरबाट करिब तीन सय निर्वाचन प्रहरी स्याङ्जा पठाइयो, ११ मतदानस्थल अतिसंवेदनशील
सात प्राज्ञलाई ‘विजय मल्ल नइ शताब्दी पुरस्कार’
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
निर्वाचन आउन ३० दिन बाँकीः छानबिनपछि समानुपातिक बन्दसूचीबाट ७६ जनाको नाम हट्यो
सुरुवालको गोजीमा खैरो हिरोइन लुकाएर काठमाडौं जान लागेकी युवती चन्द्रगढी विमानस्थलबाट पक्राउ
प्रतिक्रिया