शनिबार, वैशाख २६, २०८३

चेतना नभएका मुर्खहरूले मात्र राजतन्त्र मान्छन् : ओली

मेरोन्यूज २०८० मंसिर ८ गते १६:३१

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चेतना नभएका मुर्खहरुले मात्र राजतन्त्र मान्ने बताएका छन् ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौंमा भ्रातृ संगठन युवा संघको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन्।

‘हेर्दाहेर्दा वाक्क दिक्क भएर जनताले यो काम लाग्ने चिज रहेनछ भनेर राजतन्त्र फ्याँकेका हुन्। अहिले त्यही राजतन्त्र भनेर एकाथरी सडकमा छन्। चेतना नै नभएका मुर्खले राजतन्त्र मान्छन्,’ ओलीले भने, ‘नागरिक सर्वोच्चता स्वीकार्न नसक्नेरु त्यो त चेतना हैन, मुर्खता हो।’

युवा संघले बिहीबार गरेको प्रदर्शन झलक मात्र भएको बताउँदै उनले ठूलो आन्दोलनका लागि तयार रहन समेत आग्रह गरेका छन् ।

प्रतिक्रिया